Pokharapatra National Daily

सुलभ डिपार्टमेण्टको दशैं तिहार उपहार योजनाको स्कुटर आचार्यलाई

पोखराको लेकसाईड जरेवमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडद्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि दशैं तिहार उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।
प्रथम पुरस्कारमा टिभिएसको स्कुटर लेकसाइडका दिपक आचार्यले जितेका छन् । पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीले कुपन निकाल्दा ७५७० कुपन निकालेका थिए । स्कुटर जितेका आयार्यलाई मेयर जिसी, सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराई, उपाध्यष विप्लप पौडेल, पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारी लगाएतले स्कुटर प्रदान गरे । त्यसै गरी द्धितिय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर ६१२७ लाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार फ्रिज कुपन नम्बर २००८६ लाई परेको छ । चौथो पुरस्कार एलईडि टेलिभिजन कुपान नम्बर १८७५२ लाई, पाचौं पुरस्कार माईक्रो वेभ वभन कुपन नम्बर १४९९८ लाई परेको संस्थका सचिव लक्ष्मण बराले जानकारी दिए ।
त्यसै गरी सान्तोना पुरस्कार ५४२०, ३३७१, १२१२८, १४१३८, १२०३, २०९४९ कुपन नम्बरलाई परेको उनले जानकारी दिए । दशै तिहार बम्पर उपहार नतिजा घोषणा कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सुलभले सुलभ मुल्यमा नै सामग्री विक्रि गरेकोमा खुसी व्यक्त गरे । उनले पर्यटकी क्षेत्रलाई लक्ष्त गरेर खुलेको सुलभ भएका कारण अझै आधुनीक बन्न सुझाब दिए ।
११ वर्ष अगाडि पोखराका पर्यटन व्यावासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवस्यक पर्ने र सम्र्पुण घरयासी सामग्रीहरुको सुलभ मुल्यमा विक्रि गर्दै आएको छ । देशै, तिहार र छठ लगाएतका पर्वहरुलाई लक्ष्त गरेर सुलभ डिपार्टमेण्टल स्टोर्सले उपहार योजना ल्याएको थियो । प्रत्येक एक हजारको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्