Pokharapatra National Daily

उपशाखा –१० को साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा –१० उपशाखा को २१ औ साधारण सभामा (कोभिड–१९) कोरोना भाईरसको कारणले बिहान बेलुकी हातमुख जोर्न धौ–धौ परेका अति बिपन्न परिवारका सदस्यहरूलाई उपशाखाको तर्फबाट खाना खुवाउने कार्य गरेका सहयोगीलाई सम्मान गरि साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं –१० का वडा अध्यक्ष राजकुमार गुरुङ्गको प्रमुख अतिथि मा हेनरी ड्यूनाको तस्वीरमा मल्यार्पन र पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु हुदै कास्की जिल्लाकै सकृयभै मानबिय सेवामा लागी मानबमा आईपर्ने हरेक समस्यामा सहयोग गर्न लागि पर्ने यस उपशाखाले संसारभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको समयमा दुखी अति बिपन्न परिवारलाई खाना खुवाउने र बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गराई सेवामासधै आज २१ औ साधारण सभा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लाई गण्डकी प्रदेश स्तरीय रक्त भण्डार भवन निर्माण गर्न सहयोग र सहयोग गर्ने सदस्यहरु लाई सम्मान गर्ने कार्य गरेको मा उपशाखाको प्रसंसा गर्नुहुदै सम्मानित र सहयोगी सबैलाई हार्दिक बधाई दिनु भयो ।
उक्त साधारण सभा कार्यक्रममा ७ जना आजिबन सदस्यहरूलाई सदस्यको प्रमाण पत्र बितरण र राम बजार पोखरा–१० भिमसेन मार्ग निवासी हाल बेलायतमा कार्यरत भानबिर गुरुङ्ग र श्रीमती पुनम गुरुङ्ग द्वारा मानबिय सेवाका कार्यमा लागिपरेको उपशाखामा आफुले सहयोग गरि अझ लागिपर्न रू २५ हजार सहयोग हस्तान्तरण गर्नु भई बिशिष्ट सदस्यता प्राप्त गर्नु भएको उक्त साधारण सभामा उपशाखा–१० को आह्वानमा कोरोना भाईरसको कारणले लकडाउनका बेला अति बिपन्न परिवारका सदस्यहरू लाई खाना खुवाउन सहयोग गर्नुहुने समाज सेवी सहयोगी निर्माण ब्यवसायी लिम बहादुर थापालाई दोसल्ला फुलमाला सम्मान पत्र र मायाको चिनो ले सम्मान गरिएको कार्यक्रममा असहाय रक्त सहयोग कोषमा बार्षिक १५ हजार प्रदान गर्नुहुने उपशाखाका उप सभापति जिबन श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकाश समितिको निर्देशकमा बढुवा हुनुभएकोमा कृष्ण तिमिल्सिना, सूचनाको हक सम्बन्धी राष्ट्रिय संजाल वडा नं–१ का संयोजक उपशाखा–१० का आजिबन सदस्य योगराज पौडेल र वडा नं–३ का संयोजकमा आजिबन सदस्य सबिता शर्मालाई खादा र फुल मालाले सम्मान गरिएको उक्त साधारण सभामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की द्वारा निर्माणाधिन गण्डकी प्रदेश स्तरीय रक्त भण्डार भवन निर्माणका लागि उपशाखा–१० बाट जिल्ला शाखा कास्की लाई २५ हजार १ सय २५ को चेक हस्तान्तरण गरिएको थियो ।
उक्त २१ औ साधारण सभा कार्यक्रममा सचिवको प्रतिबेदन सचिव सूर्यबहादुर बानियाले र कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष किरण प्रसाद भट्टचनले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा सामान्य छलफल भै सर्बसम्मत प्रतिबेदन पास गरिएको थियो । साधारण सभा कार्यक्रममा राम बजार सोसाइटी यू केद्वारा सहयोग प्रदान एम्बुलेन्स सेवा १० बर्ष पुरानो भएको हुदा यस्लाई सब बहान बनाउनु पर्ने । राम बजार सोसाइटी यू के संग नयाँ एम्बुलेन्स ल्याउने बिषयमा छलफल भै रहेको सभापति सम्मर बहादुर श्रेष्ठ ले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की का उप–सभापति कृष्ण तिमिल्सिना, वडा सदस्य निशा मल्ल ठकुरी, उपशाखा–१० का यसस्कर सदस्य लेख बहादुर थापा, समाज सेवी भानविर गुरुङ्ग लगायतकाबक्ता हरूले आ आफ्नो बिचार राख्नुहुदै सबै रेडक्रसका सदस्यहरूले रेडक्रसका सात सिध्दान्तका आधारमा सेवा गर्नु पर्ने बताउनु हुदै रेडक्रसको सदस्य किन बन्ने र बनेपछि आफुले के गर्ने भन्ने जागरण गराई सदस्य बन्नु ठूलो कुरा होइन तर रेडक्रसको सदस्य बनेपछि निस्वार्थ भावनाले सेवा गर्छु भनेर आजिबन सदस्यहरूले बुझ्नु आबस्यक रहेको बताउनु हुदै संसार भरि फैलिएको कोरोना भाईरसको संक्रमण अझै कम भएको छैन कोरोना बिरूध्द भ्याक्शिन बन्यो तर कोरोना अझ एक्टिभ भएर आईरहेको अबस्थामा पहिलो आफु सुरक्षित भै बच्नु र अरूलाई बचाउनु रहेको हुदाँ समाज सेवा गर्दा सचेत हुन आबश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा रेडक्रसका सात सिध्दान्त लैङ्गिक सामाजिक समावेशीकरण समिति उपशाखा–१० का संयोजक नानी माया गौतम ले बाचन गर्नु भएको कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीलाई उपशाखाका उप सभापति जीबन श्रेष्ठले स्वागत गर्नु भएको उक्त साधारण सभा नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाका सभापति सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको रेडक्रसका सचिव सूर्य बहादुर बानियाले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्