Pokharapatra National Daily

सामुदायिक सेवा केन्द्र वगरमा निर्वाचित समितिको पदस्थापना

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगर को १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना गरिएको छ ।
निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाई पदस्थापना गरेका थिए । अधिवेशनबाट अध्यक्षमा रामभूषण पराजुली, उपाध्यक्षमा कल्पना आचार्य, सचिवमा शिवराज अधिकारी, सहसचिवमा दुर्गादत्त हुमागाई, कोषाध्यक्षमा रामप्रसाद अधिकारी, सदस्यमा दुर्गा थापा, विजयाकुमारी गुरुङ, कृष्णबहादुर तामाङ, हरिदेवी पराजुली, फणिन्द्रप्रसाद तिमिल्सिना, विकल पराजुली, सिता अधिकारी भण्डारी र कमल प्रसाद वास्तोला निर्वाचित भएका थिए । पदस्थापना कार्यक्रममा बौल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले वगर सामुदायिक उत्कृष्ट वन्दै आएको बताउँदै यसको छवि नविगार्न आग्रह गरे । नवनिर्वाचित अध्यक्ष रामभूषण पराजुलीले संस्थाको उचाई बढाउन आफू सधै कटिवद्ध रहने प्रतिवद्धता जनाए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका संस्थापक अध्यक्ष तथा सल्लाहकार सीता गुरुङ, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवन अधिकारी, अध्यक्षका प्रत्यासी वसन्त वास्तोला निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारीले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरका निवर्तमान अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कल्पना आचार्यले स्वागत र सचिव शिवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्