Pokharapatra National Daily

अभियन्तालाई आयुक्त बास्कोटाद्वारा सूचना मागेर नागरिक भएको महसुस गर्न अनुरोध

सूचनाको हक सम्बन्धि राष्ट्रिय संजाल, पोखरा महानगर कमिटिले आफ्ना मातहातका अभियन्तालाई सूचनाको हक सम्बन्धि तालिम प्रदान गरेको छ ।
आइतबार न्युरोडमा अवस्थित रिडर्स कर्नरमा आयोजित उक्त तालिममा जागौँ नेपालका संरक्षक पुर्व सचिव तथा पुर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सहजिकरिण गरेका थिए । दुई घण्टे सो कार्यक्रममा पुर्व प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको शक्ति नदेखिदो र नजानिदो रुपमा निकै शक्तिशाली अस्त्र भएको भन्दै यो प्रयोग गर्दा कुनै जोखिम नभएको जानकारी गराए । अब नागरिक कि चुपचाप घरमै बस्ने होइन, देशको अलिकति पनि चिन्ता छ भने सूचना माग गरेर लोकतन्त्रको अनुभुति गर्न मेरो अनुरोध छ, उनले भने । सूचना माग नगर्ने आफ्नो अधिकार प्रयोग नगर्नेहरुले आफुलाई नागरिक भन्न पनि लाज मान्नुपर्छ भन्दै लोकतान्त्रिक देशको नागरिक हुँ भनेर भन्नको लागि लोकतन्त्रको प्रयोगको लागि सूचनाको हक प्रयोग गर्न बास्कोटाले आग्रह गरे ।
सूचनाको हक प्रयोग गरि साइकल हराएकाले साइकल प्राप्त गर्न देखि लिएर मोटर पम्प प्राप्त गर्नुको साथै लोकसेवाको अंक देखि दुई देशको सम्झौता समेत सूचना आयोगको आदेश अनुसार स्थापित भएको स्मरण गराउँदै लिखित रुपमा सूचना माग गर्नाले मात्र लोकतन्त्र बलियो हुने कुरामा उनले विशेष जोड दिए ।
संजाल सह संयोजक शिबराज बस्ताकोटिले स्वागत गर्नुभएको सो कार्यक्रम मा संजाल गण्डकी प्रदेश संयोजक दीपक आचार्य आर।टि.आई गण्डकी संयोजक राजेन्द्र शर्मा जागौँ पोखरा संयोजक शिरिस गुरुङ, वडाका वडा संयोजकहरू लगायतको उपस्थिति रहेको थियो ।
संजालका पोखरा महानगर कमिटिका अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन संजाल सचिव रेशम खड्काले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्