Pokharapatra National Daily

सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

सुजल डेरीले आजको हरेक परिवारलाई घ्यूको मिठास युक्त स्वादिलो परिकार मार्फत जोड्ने उद्देश्यले ‘मीठो स्वाद जिन्दगीको’ नामक नयाँ उत्पादन सफल घ्यू बजारमा नयाँ प्याकमा ल्याएको छ ।
नेपालभरि नै आफ्नो स्वाद र स्वस्थवर्धक गुणको लागि चिनिएको सुजल डेरी प्रा. लि. को उत्कृष्ट उत्पादन सफल घ्यू उपभोक्ताको अनुभव अझै राम्रो गर्नको लागि अब नयाँ प्याकमा आएको छ । घ्यूको गुण र शुद्धतालाई अझै बढी राम्रो बनाउँदै नेपाली परिवारको आजको आवश्यकतासँग जोड्ने उद्देश्यले ल्याइएको यो नयाँ प्याकले सफल घ्यूलाई अझ बढी आकर्षक बनाएको छ ।
नयाँ प्याकमा घ्यूको गुणस्तर लामो समय कायम गर्दै, स्वादमा ताजापन राख्नका लागि ७–लेयर प्याकेजिंगका साथै उत्पादनलाई थप आकर्षक बनाउनका लागि ३ लेयर लेमिनेसन पनि गरिएको छ । त्यस्तै नयाँ प्याकको ग्लस्सी फिनिस र गोल्डेन प्याटर्नले उत्पादनलाई थप प्रिमियम बनाएको छ । कम्पनीले मीठो स्वाद जिन्दगीको मार्फत आजको व्यस्त जीवन शैली बीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास राखेको छ । सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक–फरक चाहनाका कारण घर–घरका गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पु¥याउनु चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबै जसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषणयुक्त परिकार मार्फत जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् । सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैँसीको शुद्ध मक्खनलाई खारेर बनाईएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिन्छ । साथै यसको दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट रहेको छ । घ्यू आफैमा शक्ति दायक भएकोले चिल्लो पदार्थको सर्वोत्तम विकल्प मानिन्छ । मात्र एक ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ ।

प्रतिकृया दिनुहोस्