Pokharapatra National Daily

तिहारको शुभकामना

नेपालीहरुको ठूलो चाड तिहार शुरु भएको छ । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका साथै गाई गोरु र गोबरको पुजा गरिन्छ । पशुपंक्षी र जनावरको समेत पुजा गरेर प्रकृतिसंगको सम्बन्ध तिहार हो । धनकी देवी लक्ष्मीको पूजा गर्दा धनधान्य हुने विश्वास गरिन्छ । तिहारलाई फूलको चाड पनि भन्ने गरिन्छ । तिहार उज्यालोको पर्व पनि हो । पाच दिनसम्म घर झिलिमिली पारेर उज्यालो बनाईन्छ । अहिले बजारमा जताततै उज्यालो बनाएर सबैले मनाउने चाडको रुपमा बिकास हुदै गएको छ । तिहारमा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टिका र माला लगाएर दिर्घायूको कामना गर्दछन् । तिहार दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलनको अवसर पनि हो ।
हाम्रो मौलिक चाड तिहारको पाच दिन घरको ढोकामा तेल हाल्ने र साझ दियो बत्ती बालेर झिलीमिली बनाउने गरिन्छ । तिहारमा साथीसंगी मिलेर देउसी भैलो खेल्ने गरिन्छ । तिहारको बेलामा देउसी भैलो खेलेर रकम संकलन गर्ने उपयुक्त मौका पनि हो । चुनावको बेला भएको हुँदा उमेदवारसंग पैसा उठाउने कसैलाई लगानी गर्ने वा देउसी भैलोका नाममा मत खरिदका लागि वैना दिने काम पनि हुने गर्दछ।विगतमा संघसंस्था, क्लब, आमा समूह, राजनैतिक पार्टी र तिनका भातृसंस्था सबैले तिहारमा देउसी भैलो खेलेर रकम संकलन गर्ने गरेका थिए ।यसपटक चुनाव भएको हुँदा रमाइलो र मनोरञ्जनका लागि खेलिने देउसी भैलो खेल्ने हुनुपर्छ । उमेदवार र पार्टीबाट रकम संलकन गरेर मत दिने काम नहोस् भनेर सबै सचेत बन्नैपर्छ । देउसी भैलोको मौलिक र सांस्कृतिक पक्ष हराउ“दै जाने र पश्चिमा संस्कृतिको अन्धानुसरण गर्ने चलन बढेर गएको छ । चाडपर्व भनेको घरपरिवारका सबै मिलेर रमाइलो बनाउने हो । कोभिड हटिनसकेको र डेंगुले ५२ जनाको ज्यान लिइसकेको छ।४३ हजारभन्दा बढी संक्रमित भएका छन । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षा अपनाएर मनाउनु पर्ने भएको छ। चाडपर्व हो केही हुदैन भन्ने हेलचक्र्याई गर्ने अवस्था छैन । सरकारले देउसी भैलो ९ बजेसम्म खेल्न आग्रह गरेको छ ।
पटका नपट्काउन, जुवातास खेल्न रोक लगाएको छ । कानुनले रोक लगाएको मात्र होइन समाजलाई बर्वाद पार्ने काम नियन्त्रण गर्न सरकारले जारी गरेको आदेश पालना गर्नु सचेत नागरिकको कर्तव्य हो । त्यस्तै पटका, भुइँचम्पा पड्काएर आतंकित पार्ने काम शहर वजारमा बढी हुने गरेको छ । प्रहरीले अवैध रुपले ल्याईएका त्यस्ता पटका र बिस्फोटक पदार्थ समातेको यदाकदा समाचार पनि आउने गरेका छन् । तर रोकिने भन्दा भित्रिने बढी हुने गरेको भान परेको छ । त्यसवाट आगलागी हुने र शरिर नै अंगभंग हुने किसिमका गतिविधि पनि शहरी क्षेत्रमा बढ्दै गएका छन् । यसलाई नरोकेसम्म रमाइलोको बेला नरमाईलो भईरहने छ ।
तिहारकै बेला नेवार सम्प्रदायले आत्मसुद्धि गर्ने, म्ह पुजा गर्ने र नया“ वर्ष नेपाल सम्वत् मनाउने गर्दछ । नेपाल सम्वत्को महत्व संखधर शाख्वाले काठमाडांैवासीको ऋण तिरिदिएको हुँदा उनैलाई सम्झने दिन पनि नेपाल सम्वत् हो । नेपालको आफ्नै मौलिक सम्वत् पनि तिहारकै बेलाबाट शुरु हुने हु“दा नेपाल सम्वत ११४३ को शुभकामना । तिहारलाई सबैले स्वास्थ्य सुरक्षा पालना गरेर खुशी र रमाइलोसँग मनाउन सकौं हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा देशविदेशमा रहनु भएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...