Pokharapatra National Daily

रमाकान्त–निर्मला फाउण्डेशनमा बराल

सामाजिक कार्यमा अग्रसर हुने लक्ष्य सहित स्थापना भएको रमाकान्त÷निर्मला फाउण्डेशन पोखराको अध्यक्षमा निर्मला बराल निर्विरोध निर्वाचित भएकी छन् ।
फाउण्डेशनको शनिबार सम्पन प्रथम साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसैगरी संस्थाको वरिष्ठ उपाध्यक्ष मोहनचन्द्र पराजुली, उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिव लक्ष्मी कुँबर र कोषाध्यक्षमा मेघाथ गिरी रहेका छन् । यसैगरी सदस्यहरुमा मार्शल बराल, रोशना बराल, गोपाल बराल र दामु बराल रहेका छन् । निर्वाचन मण्डलमा संयोजक ठाकुुरप्रसाद बराल र सदस्यहरु कमलराज सापकोटा र राजेन्द्र पौडेल रहेका थिए । नवनिर्वाचित अध्यक्ष बरालले शिक्षा, स्वास्थ्य लगायत समाजिक कार्यका माध्यबाट समाजमा सकारात्मक योगदान दिने उद्देश्य संस्थाको रहेको बताउँदै वार्षिक कार्ययोजना बनाएर काम गर्ने बताइन ।
साधारणसभामा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले सामाजिक सेवाको भावनाले संस्था गठन गरेकामा आभार व्यक्त गर्दै विपन्न नागरिकको सेवाबाट नागरिकलाई सहयोग पुग्ने बताए ।
फाउण्डेशनका संरक्षक रमाकान्त बरालले शिक्षा स्वास्थ्यमा कमजोर आर्थिक क्षमताका नागरिकको सेवा गर्ने संस्थाको उद्धेश्य रहेको बताउँदै आफ्नो तर्फबाट संस्थालाई वार्षिक एक लाखका दरले सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । संस्थाले गत वर्ष माछापुच्छ«े गाउँपालिकामा आँखा उपचार शिविर लगायत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका आजिवन सदस्य एवं नेपाल सरकारका पूर्व सचिव ठाकूर प्रसाद बराल, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक कमल राज सापकोटा, राजेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्