Pokharapatra National Daily

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सिग्देल

पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले संचालक समितिको अध्यक्षमा माधवप्रसाद सिग्देललाइ चयन गरेको छ
शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, वलराम वराल, भीमप्रसाद न्यौपाने र प्रदिप कुमार लम्साल रहेका छन् । भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसका प्राध्यापकहरुको सिनेटरमा रुची बढेकोले सवैको अपनत्व बढ्दै गएको प्रशंसा गरे । क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु सदैव तयार रहेको संस्थापक अध्यक्ष सिग्देलले भने । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले आफ्नो कार्यकाल भित्र जसरी पनि क्याम्पसलाई जग्गा खोजी भौतिक निर्माणको सुरुवात गर्ने वचन वद्धता व्यक्त गरे । दिनरात क्याम्पसलाई जग्गा खोज्न नापि देखि मालपोत कार्यालयमा सम्पर्क भइरहेको अध्यक्ष वरालले जानकारी गराए । भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.तारा वराल, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर कार्की, सिनेटरको तर्फवाट रामगोपाल ढेवाजु, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, भद्रकाली माविका प्रधानाध्यापक राजेन्द्र भण्डारी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति लोकचन्द्र खनाल, आमा समुहको तर्फवाट सत्यदेवी आमा समुहका अध्यक्ष जमुनादेवी श्रेष्ठ लगायत वोलेको कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य शरदकान्त सिग्देलले स्वागत र क्याम्पसका सहायका प्रमुख नारायणप्रसाद सापकोटाले साहित्यमय भाकामा कार्यक्रम संचालन गरेका थिए ।
सोही अवसरमा वडा १३ का अध्यक्ष किरण वरालले क्याम्पसको संरक्षक बन्ने घोषण गर्नुको साथै १७ वर्ष अमेरिका बसाइमा टिकटिकमा पनि ख्यातिप्राप्त गरेका डा.सन्तोष सापकोटाले टिकटकवाटै प्राप्त एक महिनाको आम्दानी वरावरको रकमले क्याम्पसमा अक्षयकोष स्थापनाको घोषणा गरे ।

प्रतिकृया दिनुहोस्