Pokharapatra National Daily

राष्ट्रिय संगितकर्मी संघ पोखरामा गायक

कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मि संघ पोखरा नगर कमिटीको पहिलो अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्य कमिटी निर्वाचित भएको छ ।
कमिटीको प्र. उपाध्यक्षमा शाहिल गायक, द्दितिय उपध्यक्षमा टंक चापागाई, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिबमा कुमार गौतम, सचिबमा उमेश अधिकारी, सह सचिबमा किरण अधिकारी, कोषाध्यक्षमा सबिना क्षेत्री र सहकोषाध्यक्षमा तारा बास्तोला चयन भएका छन । त्यस्तै अन्य सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदिप ठकुरी, सुचेन्द्र परियार, रिता बराल र निश्चल श्री रहेका छन ।
पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कमिटिका सह सचिव लोकराज सापकोटा र राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश कृष्ण प्रसाद गौतम विशेष अतिथि रहेका थिए । उक्त अबसरमा निर्वाचन मण्डलको रुपमा कृष्णप्रसाद गौतम, सिता केसी र लोकनाथ सापकोटा रहेको अध्यक्ष सुनिल गायकले जानकारी दिए ।
राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला शाखा अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला शाखा सङ्गठन विभाग प्रमुख इश्वर भण्डारीले र सञ्चालन राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला शाखा सचिव सागर काकीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्