Pokharapatra National Daily

नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक साधारण सभा

पोखरा महानगरपालिका वडा नं ८ वगालेटोलमा रहेको नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को २०औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बार्षिक साधारणसभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्की का अध्यक्ष सवित्रा कोइरालाले सरकारले आ.व २०७९÷८० को वजेट मार्फत वढाएको सहकारी क्षेत्रको कर पुनरावलोकन भएकोमा खुसी व्यक्त गर्दै सहकारीमार्फत राष्ट्रिय लक्ष्य पुरा गर्न सकिने धारण राख्नुभयो ।
संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी वैक लि काडमाडौं शाखा प्रमुख केदारनाथ उप्रेती, राष्ट्रिय सहकारी वैक लि पोखरा शाखा प्रमुख नरेश पण्डे, कानुनी सल्लाहाकार अधिवक्ता दुर्गप्रसाद प्रसाद कोइराला, सल्लाहकार कमल विक्रम कार्की, सिद्धार्थ क्लवका अध्यक्ष तिर्थ श्रेष्ठ, निवर्तमान अध्यक्ष पार्वती माकाजु, संस्थापक अध्यक्ष शान्त श्रेष्ठ लगायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डेले वर्षैदेखि समस्यामा रहेका सहकारी देखाएर वर्तमान सहकारीहरु समस्यामा छन भनि प्रचार भैरहेको छ भन्दै यस्त भ्रामक प्रचारवाट विचल्लित नहुन आग्रह गर्नुभयो । कार्यक्रममा सिएमसि कास्कीका अध्यक्ष अपिल कोइराला, शुभ सिद्धार्थ बचत तथा ऋण सहकारीका अध्यक्ष अनिल श्रेष्ठ, सिद्धार्थ क्लवका अध्यक्ष प्रमोद नारायण श्रेष्ठ, सृजना महिला बचत तथा ऋण सहकारीका उपाध्यक्ष सिता गिरी, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता दुर्गा प्रसाद कोइरालाले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
अध्यक्षको आसनवाट वोल्दै अध्यक्ष भवानी माकाजुले सहारीका सिद्धान्त, मुल्य, मान्यता साथै सहकारी विभागका निर्देशनप्रति प्रतिवद्ध हुदै पारदर्शि रुपमा संस्था संचालनमा रहेकोले संस्थाका शेयर सदस्यको विश्वास र मायाँ प्रति आभार व्यक्त गर्नुभयो । यस वर्ष संस्थाको वासलात ४० प्रतिशतले बृद्धि गरी १७ करोड ८९ लाख ३५ हजार एक सय उन्नव्वे रहेको र आगामी वर्ष १९ लाख ७७ लाख ९२ हजार आठ सय एक पु¥याउने लक्ष्य प्रस्तुत गर्नभयो ।
सोही क्रममा संस्थाका सर्बोत्कृष्ट बचत सम्मानवाट सिता भट्टराई र धन कुमारी मल्ल, असल कारेवारी वाट संगित श्रेष्ठ र अस्मिता अधिकारी, उत्कृष्ट वाल वचतकर्ता सम्मानवाट शिक्षा पाठक सम्मानित हुनुभयो । त्यस्तै जेष्ठ सदस्य सम्मानवाट दश जना सदस्यहरुलाई र वर्ष कर्मचारी सम्मानवाट संस्थाका सह व्यवस्थापक नम्रता श्रेष्ठ सम्मानित हुनुभएको थियो । संस्थाका उपाध्यक्ष इन्दिरा श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक मिरा पराजुलीले सहकारीका सात सिद्धान्त र सचिव कुस्मा राणाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्