Pokharapatra National Daily

निःशुल्क मुटु रोग शिविर तथा सचेतनात्मक कार्यक्रम

चिप्लेढुंगा स्थित नवोदित इस्टिच्युटमा जयन्ती मेमोरियल ट्रष्टको सहकार्यमा र लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको आयोजनामा निशुल्क मुटु शिविर तथा सचेतनात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा १०० जना भन्दा वढी उपस्थिती रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रिक को चिफ एडभाईजर लायन विनोद ढुंगाना रहेका थिए भने विशेष अतिथिको रुपमा डिष्ट्रिक को चिफ एडभाइजर सुचित्रा थापा रहेकी थिइन ।
कार्यक्रममा समस्य देखिएका विरामीहरुको जयन्ती मेमोरियल ट्रष्टबाट निःशुल्क उपचार समेत हुने उक्त ट्रष्टका पोखरा प्रमुख सविता मैनालीले जानकारी दिए । कार्यक्रम आयोजक क्लबका अध्यक्ष लायन शंकर बानियाको अध्यक्षता भएको थियो ।

प्रतिकृया दिनुहोस्