Pokharapatra National Daily

पोखरा लेडी जेसीजको पदस्थापना सम्पन्न

सन् १९८९ मा पोखरामा स्थापित संस्था जेसीआई पोखरा लेडीको ३२ बर्ष लामो इतिहास कायम राख्दै आज जनवरी ९ तारिखका दिन ३२ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षमा निर्वाचित भएकी जेसी कमला शर्मा कडेल (बिनिता) लाई पद हस्तान्तरण गरिएको थियो ।
शनिबार पोखराको न्यूरोड स्थित होटल दीपसागरको सभा हलमा सम्पन्न कार्यक्रममा वर्ष २०२० की अध्यक्ष शोभा भुजेलले वर्ष २०२१ की अध्यक्ष कंडेललाई शपथ ग्रहण गराउँदै पद हस्तान्तरण गर्नुभयो । त्यसपछि अध्यक्ष कंडेलले आफ्नो टिमका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनुभयो । करिब एक महिनाअघि वर्ष २०२१ को निम्ति प्रजातान्त्रिक प्रकृया अपनाई जेसी बिनिता अध्यक्षको पदमा निर्बाचित भएकी थिइन् । यस पस्चात उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । निर्वाचित नयाँ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसी लक्ष्मी कुवर, उपाध्यक्षमा जेसी रिना पौडेल, जेसी चन्द्रा भुजेल, जेसी सुभद्रा बराल र जेसी कबिता सापकोटा निर्वाचित भएका हुन् । यसै गरि निर्देशकमा जेसी संगीता अधिकारी, जेसी दिव्यलक्ष्मी चालिसे, जेसी शीलु चालिसे र जेसी जमुना रसाईली निर्बिरोध निर्बाचित भएका थिए । त्यस्तै, जेसीजको परम्परा अनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कडेलले महासचिवमा जेसी सुमित्रा कोइराला, कोषाध्यक्षमा सरस्वती थापा, सहसचिवमा प्रमिला कुँवर, सहकोषाध्यक्षमा सविता गौतम रहनुभएको छ र कानुनी सल्लाहकारमा जेसी सपना गीरीलाई मनोनित गरेका छन् ।
यसैगरी प्रकरण निर्देशकमा गायत्री फूँयाल, बृद्धि सभापतिमा लीलावती पनेरु, शिप विकास संयोजकमा सपना गिरी, तालिम आयुक्तमा अनिता थापा र अर्थ संकलनमा नन्दकुमारी सुवेदी रहेका छन् भने शुक्रबासरीय संयोजकमा सम्झना थापा क्षेत्री, अन्तरशाखा संयोजकमा मुना कोइराला, फेलोशिप प्रमोटरमा सम्झना बस्नेत, मिडिया रिलेशन अफिसरमा दीपा पौडेल, पव्लिक रिलेशन अफिसरमा दीपा रेग्मी, एलवीएन सभापतिमा विनिता सुवेदी, अवार्ड प्रमोशनमा सम्झना आचार्य र सचिवालय व्यवस्थापनमा सविता बराल रहेको मिडिया रिलेशन दिपा पौडेलले जानकारी दिनुभयो ।
नेपाल जेसीज का बर्ष २०२१ का अध्यक्ष जेसी अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले पोखरा लेडि जेसीजका कामहरु अतुलनीय छन् र अवका दिनमा यस भन्दा बढी ससक्त रुपमा जाने कूरामा आफू आषावान रहेको बताए । भने जेसीज तालिमको विश्वविद्यालय भएको समेत बताउनुभयो । आफ्नो कार्यकालमा केही न केही परिवर्तन अवश्य हुने भन्दै विभिन्न योजना बनाएर सबै शाखामा पठाउने अध्यक्ष खानलले स्पष्ट पार्नुभयो । उहाँले ब्यक्तिको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउने काम जेसीसले मात्रै गर्ने दावी गर्नुभयो । उहाँले जेसीस युवाहरुको अभियान, आन्दोलन र सिकाइ पनि भएकाले सोही मार्फत समाज परिवर्तन गर्न सम्भव हुने भन्दै जेसीजको शाखा व्यवस्थापन गर्न क्षेत्रीय तालिम प्रतिष्ठान निर्माण गर्ने आफ्नो लक्ष्य रहेको अध्यक्ष खनाले बताउनुभयो ।
कार्यक्रममा वर्ष २०२० का अध्यक्ष शोभा भुजेलले जेसीज वर्ष २०२१ एकदमै स्वर्णिम बन्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो कार्यकाल कोरोनाका कारण प्रभावित भएको भन्दै उहाँले आफ्ना योजना र कार्यक्रमहरु समेत वर्तमान नेतृत्वले अवलम्वन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कडेलले आफ्नो कार्यकालमा पोखरा लेडि जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताईन् । पोखरा लेडि जेसीजको संगठनलाई अझैं मजबुत बनाई आफ्नो कार्यकालमा युवाहरुलाई लक्षित गरि युवामैत्री कार्यक्रम ल्याउँछु र आर्थिक रुपले पनि बलियो बनाउँछु’, अध्यक्ष कडेलले प्रतिवद्धता जाहेर गरिन् ।
त्यसै गरि अध्यक्ष कमला शर्मा कंडेलले आफ्नो कार्यकाललाई फरक ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो काम महिला, उद्यमशिलता र बालकालिकाको क्षेत्रमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । विकास र परिवर्तनका लागि सक्षम नेतृत्व भन्ने मूल लक्ष्य आफ्नो रहेको अध्यक्ष कंडेलको भनाई थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कानूनी सल्लाहकार गोकुल सापकोटा, पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकर प्रसाद बाँस्तोला, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष किरण केसी कार्यक्रम लीलावती पनेरु लगायतलदे बोल्नु भएको थियो । सोही अवसरमा पोखरा लेडी जेसीजका केही पूर्व अध्यक्षहरुले स्थापना गरेको अस्मिसूस अवार्ड यस पटक महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय मानवअधिकार कर्मी तथा समाजसेवी विना सिलवाललाई प्रदान गरिएको छ । साथै वर्ष २०२० का अध्यक्ष शोभा भुजेलले आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्ने पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोले सम्मान गर्नुभयो ।
कार्यक्रममा पोखरा लेडि जेसीजका पूर्वअध्यक्षहरु, पाखरा जेसिजका बर्तमान तथा निवर्तमान तथा पूर्व सदस्यहरुको उपस्थिती रहेको थियो । साथै विभिन्न शाखाहरूबाट आएका जेसीहरूको उपस्थिति रहेको सो कार्यक्रमको संयोजन जेसी रिना पौडेलले गर्नु भएको थियो । अतिथीहरुलाई स्वागतार्थ पोखराको एक उत्क्रिष्ठ मण्टेश्वरी क्रिष्टल मण्टेश्वरीका बालबालिकाहरुले स्वागत नृत्य गरेका थिए जसको तारतम्य मण्टेश्वरीका प्रिन्सिपल रेश्मी शर्माले गर्नुभएको थियो ।
यसै गरि कार्यक्रम संयोजक जेसी रिना पौडेलले सम्पूर्ण उपस्थित महानुभावहरुलाई भावपूर्ण शव्द गुच्छाहरुबाट स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको थियो । भने कार्यक्रम बर्ष २०२१ का सचिव जेसी सुमित्रा कोईरालाले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्