Pokharapatra National Daily

फेवा सहकारीको २०७९/०८० मा १ अर्व ५५ करोडको लक्ष्य

फेवा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा –५ जिरो कि.मी. ले आर्थिक वर्ष २०७८/०७९ को समीक्षा आर्थिक वर्ष २०७९/०८० को योजना तर्जुमा तथा सहकारी क्षमता अभिवृद्धि कार्यक्रम कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.६ लुम्ले स्थीत कृषी अनुसन्धन निर्देशनालयमा सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रमा संस्थाका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा यङ्जाकोट तमु समाजका अध्यक्ष, यस संस्थाका शेयर सदस्य चन्द्र बहादुर गुरुङ्गको प्रमुख अतित्थतामा भएको कार्यक्रमा प्रमुख प्रशिक्षक जिल्ला सहकारी संघ लि. का वरिष्ठ प्रवन्धक भोजराज घिमिरेले लक्ष्य सहित प्रत्येक कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने, अझ सहकारी संस्थाहरुले उत्पादनमा जोड दिनुपर्ने, सहकारीहरु सहकारीका सात सिद्धान्त अनुरुप अगाडी बढ्नुपर्ने कुरामा जोड दिँदै सदस्यहरुलाई अझै बढि तालिमको आयोजना गर्नु पर्ने, कर्जालाई सुरक्षण गर्नुपर्ने, बढि भन्दा बढि आन्तरीक नियन्त्रण प्रणाली बनाउनु पर्ने, भाका नाघेको ऋण सकभर ०% मा झार्नु पर्ने कुराहरुको बारेमा सहजिकरण गर्नु भएकको थियो । उक्त कार्यक्रममा संस्थाका संचालक पूर्णाभद्र अधिकारीले सहकारीमा आवद्ध हुने जति सुकै भएता पनि सबैले आत्मानुशासन भएर सतकर्म गर्नुपर्ने सत्यतालाई स्र्वीकार गर्नुपर्ने लक्ष्य लिएर अगाडी बढेमा अवश्य लक्ष्यमा पुगिन्छ, भन्ने कुराहरुमा सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले संस्थाको आ.व. २०७८/०७९ मा वार्षिक १ अर्व २६ करोडको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत सालको लक्ष्य अनुसार ९६% ले वृद्धि भएको जानकारी गराउनु भयो । कुल कारोवार १ अर्व ५५ करोड र सञ्चालन नाफा ४ करोड ४० लाख पु¥याउने र संस्थागत पूँजी वृद्धि गर्दै जने, नयाँ बचतका योजनहरु प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्ताव छलफल गरी उक्त लक्ष्यमा पुग्ने प्रतिवद्धता गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिव दिल बहादुर भट्टराईले संस्थाको संगठानात्मक ढाँचा र संस्थाको ३ बर्षे रणनीतीका योजनाको बारेमा सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत गर्दै फोहोरलाई कसरी मोहरमा परिणत गर्न सकिन्छ भन्ने कुरामा सहजीकरण गर्नुभयो । त्यसैगरी कार्यक्रममा याङ्जाकोट तमु समाजका सचिव युवराज गुरुङ्ग, कोषाध्यक्ष जित बहादुर गुरु, प्रविधिक आनन्द सापकोटा, पोखरा महानगरपालिकाका प्राविधिक गणेश गिरी, पोखरा–१३ भद्रकाली सेवाकेन्द्र व्यवस्थापन समितिका संयोजक श्याम बहादुर गुरुङ्ग, सदस्य श्याम गुरुङ्ग, मोहनराज गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम संस्थाका प्रवन्धक जगन तिमिल्सिनाले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा संचालक समिति, लेखा समिति, विभिन्न उप समिति, कर्मचारीहरु र केहि शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्