Pokharapatra National Daily

नेलम्बोद्वारा विद्यालयलाई युरोगार्ड प्रदान

पोखरा ४ स्थित नेलम्बो नेपालले एक कार्यक्रमका बीच माछापुच्छ«े गाउँपालिका–७, धम्पुस स्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ ।
संस्थाले स्वच्छ खानेपानी पिउनको लागि युरोगार्ड सहयोग गरेको हो । कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष समबहादुर गुरुङले नेलम्बो नेपालका कार्यक्रम अन्य गैह्रसरकारी संस्थाहरुको भन्दा भिन्न प्रकृतिको र पारदर्शी हुने भन्दै नेलम्बोसँग वडा सहकार्य गर्न तयार रहेको बताए । उनले धम्पुस स्थित प्रत्येक विद्यालय, स्वास्थ्य चौकी र केही टोल विकासमा पनि नेलम्बोले गरेको सहयोग प्रति आभार समेत जनाए । प्रधानाध्यापक धनबहादुर क्षत्रीले नेलम्बोले विद्यालयका हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको चर्चा गर्दै कोभिड १९ को महामारीमा विद्यालय सञ्चालनमा उपलब्ध स्वास्थ्य सुरक्षाका सामग्री महत्वपूर्ण रहेको स्पष्ट पारे ।
कार्यक्रमका बीच नेलम्बोले विद्यालयलाई केही थप स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको छ । त्यस्तै धम्पुस स्वास्थ्य चौकीलाई पनि दैनिक प्रयोगमा आउने औषधी उपलब्ध गराएको छ ।
उक्त सामग्री नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक धनबहादुर क्षत्रीले स्वागत तथा शिक्षक अमृतकुमार भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्