Pokharapatra National Daily

नेपाललाई अफ्गानिस्तान जस्तै बनाउन खोजिदै छः नेता पौडेल

नेपाली कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई आफ्गानिस्थतान जस्तै बनाउन खोजिएको आरोप लगाएका छन् ।
नेपाली कागेंस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विहीबार पोखरामा आयोजना गरेको वर्तमान अबस्थामा राष्ट्रिय एकता बिषयक प्रवचन कार्यक्रममा बोल्दै नेता पौडेलले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले देशमा अस्थिरता निम्त्याउदै नेपाललाई अफगानिस्तान जस्तै बनाउन खोजेको आरोप लगाएका हुन् ।
नेता पौडेलले देश अब ठुलो भूमरी, द्वन्द्व र विदेशी शक्ति केन्द्रहरुको हातमा जाने अबस्था आउन लागेकोले त्यसको सुरक्षित अवतरणको संसद पुनस्र्थापना हुनै पर्ने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद भंग गरेकोमा आलोचना गर्दै नेता पौडेलले नेपाली काँग्रेसले अब लोकतन्त्र र प्रजातन्त्रसहितको संविधान रक्षाको लागि पनि आफ्नो विचार प्रष्ट रुपमा राखेर अघि बढ्नु पर्र्ने समय आएको बताए ।
प्रधानमन्त्री ओलीले निर्धारित मितिमा निर्वाचन गराउन नसके देशमा थप अन्यौल र बिद्रोह सृजना भई प्रधानमन्त्री ओली सहित अन्यलाई समेत बडार्न सक्ने नेता पौडेलले चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली तानाशाह र लोकतन्त्र विरोधी भएको नेता पौडेलको आरोप थियो । उनले थपे “लोकतन्त्रमा कोही पनि हिरो, सर्वेसर्वा हुदैन, बराबरीका बिचमा एक, दुई, तीन नम्बर अघिपछि मात्र हुन्छ ।” संविधान नभए जो कसैले भत्काउन सक्ने अवस्था भएमा निर्वाचन भएपनि त्यसको कुनै अर्थ नहुने उनको टिप्पणी उनको थियो । अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपाललाई अफगानिस्तान बनाउन खोजिएको उनको आरोप थियो । काँग्रेसका पूर्व महामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले नेपाली काँग्रेस अब प्रचण्ड र ओली पक्षमा जान नहुने बताए । काँगे्रसका नेता देवराज चालिसेले सर्वसक्तावाद ओली र प्रचण्डको पक्षमा काँग्रेस मतियार हुन नहुने जनाए । कार्यक्रम काँग्रेस नेता यज्ञ बहादुर थापा, शुक्रराज शर्मा, कुमार खड्का, खेमराज पौडेल, सोभियत बहादुर अधिकारी, नेतृ शारदा पौडेल लगायतले संसद विघटनको विरोध जनाएका थिए । कार्यक्रम कास्की काँग्रेस सभापति कृष्ण केसीको सभापतित्वमा भएको थियो ।

प्रतिकृया दिनुहोस्