Pokharapatra National Daily

पोखरा २४ मा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

पोखरा महानगरपालिका २४ कार्कीतहरामा नेकपा परित्याग गरि दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेकपाको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले कांग्रेस प्रवेश गरेका हुन् । पोखरा २४ कार्कीतहरामा बिहीबार आयोजित पार्टी प्रवेश समारोहमा प्रमुख अतिथी नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा प्रदेशसभा सासद कुमार खड्का, नेपाली कांग्रेस कास्कीका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताप बहादुर कार्कीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
लामो समय नेकपामा सक्रिय रहेका नेता दर्जनौं नेता कार्यकर्ताहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सोम बहादुर नेपाली, अनिता नेपाली, अनिता राना मगर, हरिमायाद सुवेदी, सूर्य अधिकारी, सुजन नेपाली, सुरज देवकोटा, विकाश सुवेदी, शिव भट्टराई, भिम प्रसाद गौतम रहनुभएको छ । यसैगरि गणेश बहादुर नेपाली, दिप बहादुर नेपाली, बल बहादुर नेपाली, सुमन नेपाली, नमिता सुवेदी, सुनिल नेपाली लक्ष्मण अधिकारी पनि नेपाली कांग्रेस प्रवेश गरेका छन् । यस्तै प्रविण सुनार, शक्ति सुनार, विशाल नेपाली, भिम बहादुर राना, सनम नेपाली र सूर्य बहादुर रानाले नेकपा परित्याग गरि बिहीबारको कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।
नवप्रवेशी नेता कार्यकर्तालाई प्रमुख अतिथी नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा प्रदेशसभा साँसद कुमार खड्काले लोकतान्त्रिक पार्टीमा स्वागत गर्दै पार्टीको उन्नती प्रगतीको लागि कटीबद्ध भएर लाग्न आग्रह गरे । एक अर्को प्रसङ्गमा बोल्दै खड्काले केपी ओलीले संविधान मिचेर संसद विघटन गरेको भन्दै खेद प्रकट गरे । चुनाव घोषणा गरेर संविधान विपरित काम गर्न कसैलाई छुट नभएको उनको भनाई थियो । बिषेश अतिथी भरत बहादुर अधिकारीले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न आग्रह गरेका छन् । भ्रष्ट सरकारको पछिल्लो गतिविधी आम सर्वसाधरणलाई मन नपरेको कारण धेरै जनताहरु कांग्रेस प्रवेशको तयारीमा रहेको हुनाले आफुहरुले पनि सोही अनुसार योजना बनाएर अगाडी बढेको उनले बताए । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापती प्रताप बहादुर कार्कीले नव प्रवेशीहरुलाई स्वागत गर्दै कोही कसैको डर धम्कीमा नपरी काम गर्न आग्रह गरे । पार्टी प्रवेश गरेकाहरुलाई सबैलाई जिम्मेवारी दिएर अगाडी बढ्ने पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी दुर्गा तिमिल्सिना, शान्ति तिमिल्सिना, कृष्ण राना मगर, जनप्रतिनिधी भरत भण्डारी र क्षेत्रिय सदस्य देवेन्द्र विक्रम शाही लगाएतले बोलेका थिए । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापती प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रश्वर बस्ताकोटीले गर्नुभएको थियो भने स्वागत अमर बिक्रम शाहीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्