Pokharapatra National Daily

चाडपर्वले आत्मियता बढाउने काम गर्छन ः सभापति कोइराला

कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताए ।
पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः खलले योमोरी पुन्हिको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले अनेकतामा एकता नेपालको पहिचान भएको कुरामा जोड दिए । उनले हाम्रा चाडपर्व अनुसारका खानाले पनि शरिरलाई पौष्टिक आहार प्राप्त हुने हुदा नेपालीहरुको चाडपर्व बैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताए । गणेश नेवाः खलाका अध्यक्ष दिपकराम ढेवाजुको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्व सचिव नरेशकुमार श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखे । कार्यक्रममा प्रमुख अतिथिवाट संस्थाको स्थापनाकाल देखि हाल सम्म संस्थालाई योगदान पु¥याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष प्रेम लिगल, तुलसी प्रसाद लिगल, नारायण कुमार श्रेष्ठ र मिसाःपुचका सम्पूर्ण सदस्यहरुरहेका थिए । संस्थाका पूर्व अध्यक्ष होमबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन गणेश नेवाः खलका सचिव मंगलकाजी मानन्धरले गरेका
थिए ।

प्रतिकृया दिनुहोस्