नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एंवम पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले शिर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडीबढाउने अभिभारा युवाहरुको काँधमा आएको बताएकाछन् ।
बुधबार पोखरा १८ वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शिर्र्ष तहका नेताहरु आत्मकिन्द्रत भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिष्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण परिस्थिति भएको बताए ।
उनले अहिले पार्टीले लिएको जनताको बुहदलियजनबादको नीति, विचार, सिद्धान्त र मूल्यमान्यताहरुलाई आत्मसाथ गरेर नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे । पार्टीको अहिले लिएको नीति विचार र सिद्धान्तको सपना पुष्टिभएर विश्व कम्युनिस्ट आन्दोलनमा नेपालले बनाएको विशिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने चुनौतीलाई पुरा गर्न सबै युवाहरु एकवद्ध भएर अगाडी बढ्नुपर्छ, उनले भने ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य दिपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जादा आजको दुर्भाग्यपूर्ण स्थिति आएको बताउँदै सहि र गलतको फैसला गर्ने जिम्मा जनताको भएको बताए ।
भेलामा वडा कमिटी अध्यक्ष पुस्कल बहादुर थापाले सराङ्कोट बासीको साथमा सराङ्गकोट वडा कमिटि रहने बताए । उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओलीले गरेको निर्णय स्वाग तयोग्य रहेको धारणा राख्दै युवाहरु एकतावद्ध भएर विकास र समृद्धिको बाटोमा नै अगाडी बढ्नुपर्नेमा जोड दिए । उक्त भेलामा पोखरा वडा नं १८ का युवा तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
संकटमा परेको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने चुनौती युवाको काँधमा ः पूर्वमन्त्री जगत विश्वकर्मा
प्रतिकृया दिनुहोस्