Pokharapatra National Daily

मनाङलाई पराजित गर्दै एपिएफले आहा राराको इतिहास रच्यो

आहा रारामा सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले २० औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा एपिएफले मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले इतिहास रत्दै उपाधि सहित १० लाख एक हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएको हो ।
पेनाल्टी सुटआउटमा मनाङका भरपर्दा स्ट्राइकर अफिज ओलावालेको प्रहार गोलरक्षक कुरियामा युयाले उत्कृष्ट बचाउरी खेल बराबरीमा पुराएका हुन् । विदेशी प्लेयर अरमाण्ड बिडुमल निर्णायक पाँचौं पेनाल्टीले जाली चुम्दा एपिएफले आहा रारामा पहिलो पटक उपाधि जित्न सफल भएको हो । यस अघि एपिएफ १४ बर्ष पछि दोश्रो पटक फाइनलमा यात्रा बनाएर पुलिससंग पराजित भएको थियो । एपिएफतर्फबाट टाईबे्रकरमा क्याप्टेन नवीन लामा, सुनिश श्रेष्ठ, रवि थिङ र मणि लामाले गोल गरे । त्यसै गरी टाईब्रेकरमा मनाङका तर्फबाट फ्रेन्किलिन कुटी, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले गोल गरे । सुरुमा अग्रता लिएको एपिएफले पूरै १२० मिनेटसम्मको खेल समान २ गोल बराबरीमा टुंगाउँदै टाइब्रेकरमा पुराएरै भए पनि जीत निकाल्न सफल भएको हो ।
उपविजेतामा सीमित मनाङले ५ लाख रुपैैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा एपिएफका राजन गुरुङ सर्वोत्कृष्ट प्लेयर बन्दै अप्रिला स्कुटर प्राप्त गर्न सफल भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट मिडफिल्टरसमेत घोषित उनले नगद २५ हजार समेत हात पार्न सफल भए । विधागत पुरस्कारमा एपिएफकै कुरियामा युया उत्कृष्ट गोलरक्षक, रवि थिंङ उत्कृष्ट मिडफिल्डर, कुमार थापा उत्कृष्ट कोच घोषित भए । यस्तै, मनाङका अफिज ओलावाले उत्कृष्ट फरवार्ड घोषित भए । उनीहरुलाई नगद २५ हजार पुरस्कार दिइएको छ । फाइनलमा म्यान अफ दि म्याच मनाङका रुपेश केसी घोषित हुदै उनले नगद ८ हजार हात पारे ।
अरमाण्डको पासमा युवराज खड्काले खेलमा(२१ मिनेटमा) पहिलो गोल गरे । खेलको ६७ औं मिनेटमा मनाङका दयानन्द सिंहले गोल गर्दै मनाङलाई १–१ को स्थितिमा पु¥याए । यस्तै, खेलको ८४ औं मिनेटमा मनाङका तर्फबाट फ्रेन्कलिन कुटीले गोल गर्दै २–१ को अग्रता दिलाए । मनाङले करिब जीतको नजिक पु¥याएकोमा अन्तिम ४ मिनेट सम्हालिन नसक्दा जीत विपक्षीलाई सुम्पिनुपरेको हो ।
दोस्रो हाफको थप ५ मिनेटको इन्जुरी टाइमको पहिलो मिनेटमै एपिएफका तर्फबाट मणि लामाको पासमा रवि थिंङले उकेष्ट गोल गरेका हुन् । अतिरिक्त समयको ३० मिनेटमा कुनै टिमबाट थप गोल समेत हुन नभए पछि निर्णायकको लागि टाइब्रेकरको सहारा लिनुपरेको हो । २०६२ सालको चौथो संस्करणदेखि आहारारा खेल्न थालेको एपिएफ छैटौं संस्करणमा मात्र फाइनल पुगेको थियो । आहारारामा सर्वाधिक उपाधि विजेता मनाङले १२ पटक फाइनल यात्रा तय गर्दै ६ पटक उपाधि माथि कब्जा जमाउन सफल भएको हो । माघ ६ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहेको आयोजक सहारा क्लवले जनाएको छ । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे, क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज) लगायतले पुरस्कार वितरण गरेका थिए । अन्य दिनको तुलनामा फाइनलमा खेलमा दर्शकको उपस्थिती बाक्लो रहेको थियो । सेमिफाइनल र फाइनल खेलमा दर्शकले जनही ३ सय रुपैया प्रबेश शुल्क तिरेका हुन् ।

प्रतिकृया दिनुहोस्