Pokharapatra National Daily

प्रधानमन्त्री ओलीको कदमले देशमा संकटकाल ल्याउने अवस्था आउन सक्छ -नेता गुरुङ

नेकपाका स्थायि कमिटि सदस्य देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संकटकाल ल्याउने अबस्था सृजना गर्ने बताएका छन् ।
नेकपा गण्डकी प्रदेश कमिटिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता गुरुङले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरी अब मुलुकलाई अस्थिरता, अराजकता, प्रतिगमन तर्फ लैजादै देशमा संकटकाल सम्म लगाउने गरी अघि बढेको बताएका हुन् । प्रधानमन्त्रीले देशमा संकटनकाल लागु गरेर संविधान र लोकतन्त्रलाई सिध्याउने काममा लागेको उनको आरोप थियो । उनले भने “प्रधानमन्त्री ओलीले संविधानमा भएका केही धारा र उपधारलाई पनि विस्तारै कमजोर बनाउदै देशमा संकटकाल लागु गरी सर्वोच्च अदालतलाई कमजोर बनाउने देशमालाई फाँसीवाद र निरन्कुस तर्फ लैजान चाहेका छन् ।” संसद विघटनको बिषयमा सर्वोच्च अदालतले प्रतिगमन बिरुद्ध आफुहरुको पक्षमा हुने विश्वास व्यक्त गरे । यदि सर्वोच्च अदालतले संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा भए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा नेता गुरुङले आफुहरु न्यायलयमा विशोस्त भएको बताउदै यदि ओलीको पक्षमा उक्त निर्णय भएमा देशमा जंगी शासन, निरंकुस सासन, फाँसीवाद, सर्वसक्तावाद, अधिनायकवाद लागु हुने दाबी गरे । प्रदेश सरकारको विघठनको बिषयमा केन्द्र सरकारले कुनै हस्तक्षेप गर्न नहुने उनको भनाई थियो । उनले भने “प्रदेशमा गम्भिर प्रकारको समस्या भएको अबस्थामा मात्र संसद भंग वा विघटन गर्ने अधिकार प्रदेश सरकारको र प्रदेशका जनप्रतिनिधिहरुको अधिकारको कुरा हो ।” सर्वोच्च अदालतले प्रतिगमन बिरुद्ध निर्णय गरेर संविधानलाई भत्काउने आदेश नदिने उनले जनाए । संसदको अधिकार प्रधानमन्त्रीमा निहित नगरेको अबस्थामा हाल संसद विघटन गर्ने कुनै आधार विना संविधानलाई मिचेर संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशलाई अनिर्णयको बन्दि, अस्थिरता तर्फ लैजान खोजेको उनको भनाई थियो । विदेशी शक्तिलाई नेपालमा खेल्ने अवसर प्रधानमन्त्री ओलीको कदले थप बल पुगेको नेता गुरुङले बताए । चिनिया कम्युनिष्ट पार्टी, चिनिया पार्टीले नेपालको राष्ट्रिय स्वाधिनको मुद्धामा कुनै हस्तक्षेप नगरेको नेपालको स्वाधिनको रक्षा, आर्थिक विकास र समृद्धिमा केही सहयोग भएको नेता गुरुङको दाबी थियो । अहिलेको अबस्थामा एमसीसी पारित हुन्छ की हुदैन भन्ने प्रश्नमा उनले नेपालको राष्ट्रिय स्वाधिनत र राष्ट्रियता माथि आच आउने गरी पुनःसंसोधन नभई एमसीसी लागु हुन नसक्ने दाबी गरे । नेता गुरुङ प्रमुख सचेत समेत भएकोले प्रधानमन्त्री ओलीले राजिनामा माग्दैमा आफु पार्टीबाट नियुक्त भएकोले पार्टीको निर्णय विना व्यक्तिले माग गर्दैमा आफुले राजिनामा नदिने जनाए ।
नेकपाका अर्को स्थायि कमिटि सदस्य देवेन्द्र पौडेलले पार्टीमा बहुमत आफ्नो पक्षमा हुँदा हुदै प्रधानमन्त्री ओलीले कृर्ते हस्ताक्षर संकलन गरेर निर्वाचन आयोगमा पुगेको आरोप लगाए । पार्टी आधिकारीताको हाल प्रश्न उठेकोले निर्वाचन आयोग र सर्वोच्च अदालतले कहि कत्तैबाट नक्कली हस्ताक्षरलाई आधार नमानि, कानुनको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, यो प्रणालीको रक्षा गर्ने नेपालमा स्थायित्व तथा नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई बचाउनेमा भुमिका निर्वाह गर्ने कुरामा आफुहरु विश्वास्त भएको नेता पौडेलले बताए । नेकपाको निर्वाचन चिन्हःप्रचण्ड, माधव नेपाल पक्षधरले नै पाउने उनको दाबी छ । नेकपा गण्डकी कमिटीका अध्यक्ष हितराज पाण्डे (उत्तम) ले यही पुष ११ गते आफ्नो अध्यक्षतामा बसेको बैठकले गरेको ६ बुदे निर्णय सार्वजनिक गरेका छन् । उक्त बैठकमा नेकपा गण्डकीका कमिटीका २ सय १६ जना सदस्यहरु मध्य एक सय १० जना सदस्यहरु प्रत्यक्ष रुपमा उपस्थित भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले हाल चालेको प्रतिगमन बिरुद्ध नसचिएसम्म आफुहरुले आन्दोलनलाई उत्कर्षमा पु¥याउने दाबी गरे ।
नेकपा नेता श्रीनाथ बरालले यही पुष १४ मंगलबार पोखरामा बृहत बिरोध प्रर्दशन हुने भएको जनाए । उनका अनुसार विहान करिब ११ः०० बजे मानवअधिकार चोकबाट बिरोध प्रर्दशन सहितको जुलुस सुरु भई महेन्द्रपुल हुदै पृथ्बीचोकमा पुगेर बिरोध सभामा परिणत हुने भएको छ । उक्त बैठकले स्थानिय तह, प्रदेशमा विभिन्न भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने, पुष १२ देखिका आन्दोलनका कार्यक्रम समेत घोषणा गरिएको नेता श्रीनाथ बरालले जनाए ।

प्रतिकृया दिनुहोस्