Pokharapatra National Daily

कोभिड—१९ को उपचारमा गण्डकी प्रदेश सरकारको २७ करोड ८ लाख खर्च

कोरोना भाइरस (कोभिड—१९) को उपचार, रोकथाम र व्यबस्थापनमा गण्डकी प्रदेश सरकारले हालसम्म २७ करोड ८ लाख ७२ हजार खर्च गरेको छ ।
कोभिड—१९ को उपचार, रोकथाम र व्यबस्थापन कोषमा हालसम्म करिब ३४ करोड संकलन भएको जसमध्य उक्त रकम खर्च भएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले बताए ।
उक्त कोषमा हाल करिब ८ करोड रुपैया बचत भएको उनले जनाए । प्रदेशका विभिन्न पालिकामा क्वारेनटाइन निर्माण गर्न १ करोड ९३ लाख, स्वास्थ्य सामाग्रि मास्क, सेनिटाइजर, पिपिई लगायतका सामाग्री खरिदमा करिब ३ करोड, प्रदेश सरकारले प्रदेशका पालिकालाई विपन्न तथा गरिब परिवारको लागि राहत सामाग्रि उपलब्ध गराउन, प्रदेशमा अस्पतालमा आइसुलेसन सहितका भेन्टिलेटर सहितको आइसियू कक्ष स्थापनाको लागि लगायतको लागि आर्थिक सहयोग गरेको डा.केसीले जनाए ।
संघीय सरकारबाट आफ्नो मन्त्रालयलाई उक्त कोषको लागि करिब ५ करोड २७ लाख प्राप्त भएको उनले जनाए । कोरोनाबाट हालसम्म गण्डकी प्रदेशमा १ सय ९१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जनाए । उनका अनुसार प्रदेशमा हालसम्म १ लाख १८ हजार ७ सय ३५ जनाको नमुना संकलन गरिएकोमा १४ हजार २ सय ४२ जनामा कोरोना शंक्रमण देखा परेको छ ।
१ लाख ४ हजार ४ सय ९३ जनामा कोरोना शंक्रमण नदेखिएको बताएका प्रवक्ता काफ्लेले कोरोनाबाट प्रदेशमा १२ हजार २ सय ५६ जनामा निको भएको जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघिय सरकारले कोरोनाको निःशुल्क उपचार र व्यबस्थापन नगर्ने निर्णय गरे पनि आफुहरुले निशुल्क उपचार गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्