Pokharapatra National Daily

बाबा फाउण्डेशन र रोटरी न्यूराडको सहयोग वेद विद्याश्रममा

बाबा फाउण्डेशन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडसँगको सहकार्यमा डस्विन तथा स्टेशनरी सामग्री वितरण गरेको छ । शनिवार फाउण्डेशनले पोखरा महानगरपालिका वडा नं १८ स्थित चिसाखोला बेद बिद्याश्रममा सो सामग्री वितरण गरेको हो ।
विद्याश्रम परिसरमा आयोजित एक समारोहमा बाबा फाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पशुपति शर्मा लगायतले बिद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनालाई संयुक्त रुपमा स्टेशनरी सामाग्री सहित तीन थान डस्विन बितरण गरेका थिए ।
कार्यक्रममा बिद्याश्रमको माग अनुसार वितरण गरिएको फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिए । बेद विद्याश्रममा ६ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने ४० जना विद्यार्थीहरूलाई कपी कलम वितरण गरिएको थियो । विद्याश्रमका प्रमुख शंरक्षक मोक्षनाथ तिमिल्सिनाले दिएको जानकारी अनुसार बिद्याश्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका वैदिक संस्कृत शिक्षा र आधुनिक शिक्षा अध्ययन गर्न चाहने गरिव तथा जेहेन्दार विद्यार्थीहरूले निशुल्क आवासिय सुविधा सहित पठन पाठन गर्दै आइरहेका छन । बाबा फाउण्डेशनका अध्यक्ष श्रेष्ठले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको बताए । बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण कपि कलमको समस्याले विद्यार्थीहरुमा पठन पाठनमा कठिनाई भएको बिद्याश्रम प्रशासनबाट प्राप्त सूचना अनुसार शैक्षिक समाग्री बितरण गरिएको बताए । रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पशुपति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरीयन अमृतराज बाँस्तोला, फÞाउण्डेशनका कार्यसमिति सदस्य नवराज बसौला र लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरमा स्नातक प्रथम वर्षमा पत्रकारिता अध्ययनरत सुजता ढकाल र अनुपा अधिकारी शिक्षाको महत्व बारेमा प्रकाश पारेका थिए । साथमा लेकसिटी कलेजमा प्रथम वर्षमा अध्ययनरत स्वास्तिका मानन्धर, स्वास्तिका लामा र कृष्णकला पोख्रेलले सामाजिक कार्यमा सहभागीता हुन पाएकोमा खुशी व्यत्त गरे ।

प्रतिकृया दिनुहोस्