Pokharapatra National Daily

वल्र्डलिङको आकस्मित रक्तदानबाट ६३ युनिट रंक्त संकलन

इन्टरनेट प्रदायक संस्था वल्र्डलिङक् कम्यूनिकेशन्स लिमिटेडको आकस्मित(इमर्जेन्सि) रंक्तदान कार्यक्रमबाट ६३ युनिट रंक्त संकलन भएको छ ।
पोखरामा रगत अभाव भएको अबस्थामा शनिबार पोखराको अम्मरसिंहचोकमा आयोजना भएको रंक्तदान कार्यक्रमबाट ६३ यूनिट रंक्त संकलन भएको वल्र्डलिङक् कम्यूनिकेशन्स लि. अम्मरसिंहचोक शाखाका प्रमुख विक्रम पौडेलले बताए । क्षेत्रिय रंक्त संचार सेवा पोखरामा रगत अभाव भएको अबस्थामा संस्थाले आफ्नो सामाजिक उक्तरदाहित्व अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको उनले पुष्ट पारे । पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता संस्थाका बाग्लुङका ब्रान्च इन्चार्ज विनोद केसीलाई व्लड व्याग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले बजारमा रगत अभाव भएको अबस्थामा वल्र्डलिङक्ले रंक्तदान जस्तो पुण्य कार्यक्रम अन्य संस्थाहरुले पनि गर्नु पर्ने बताए । संस्थाले गत बर्ष लेखना थमा आयोजना गरेको रंक्तदान कार्यक्रमबाट ८५ यूनिट रंक्त संकलन गर्न सफल भएको थियो । कोरोनाको माहामारीको समयमा पोखरामा हाल रगतको माग बढेकोले गर्दा आफुहरुले क्षेत्रिय रंक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा आकस्मित रुपमा उक्त कार्यक्रम गरिएको वल्र्डलिङक् कम्यूनिकेशन्स लि. क्षेत्र नम्बर ५ का प्रमुख युसफ श्रेष्ठले बताए । हाल पोखरामा रगतको अभाव भएको क्षेत्रिय रंक्त संचार सेवा पोखराका प्राविधिक महेन्द्र केसीले बताए ।

प्रतिकृया दिनुहोस्