Pokharapatra National Daily

मेगा बैंक नेपाल लिमिटेड र महिला उद्यमी संघ कास्की विच सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल कास्कीसँग कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेली र महिला उद्यमी संघ नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरिन् । सम्झौता पश्चात् मेगा बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही न्युनतम ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् ।
महिला उद्यमीहरुलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने साथै अन्य कारोबारहरू विभिन्न बचत योजना हरु बचत खाता कर्पोरेट खाता मोबाईल बेंकिंग, डेबिट क्रेडिट कार्ड , क्यु आर कोड जस्ता सेवाहरु प्राथमिकताका साथ उपलब्ध गराइने उनले बताइन् ।
संघकी अध्यक्ष रेग्मीले बेंक र उधमी एक अर्कामा परिपुरक हुने भन्दै मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् साथै सम्झौता पश्चात आगामी दिनमा महिला उधमशिलतामा उल्लेख्य विकास हुने विचार पनि व्यक्त गरिन ।
मेगा बैंक र महिला उधमी संघ कास्कीको सहकार्यमा कर्जाका साथ साथै महिला उद्यमीहरुलाई वित्तीय साक्षरता कार्यक्रम पनि संचालन हुदै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्