Pokharapatra National Daily

विपि मार्ग ख टोल विकास संस्थाको सातौ साधारण सभा

पोखरा महानगरपालिका वडा नं १३ स्थित विपि मार्ग ख टोल विकास संस्थाको सातौ साधारण सभा शनिवार सम्पन्न भयो ।
वडा नं १३ का वडा सदस्य हाजि रहिमुल्ला मियाँले साधारण सभाको उद्घाटन गर्दै टोलमा विकास गर्नको लागि मलाइ साथ लिएर हिड्नुहोस प्रदेशदेखी केन्द्र सम्म जान तयार रहेको वताए । ढुङ्गेसाघुँ स्थित साँगुरो पुल देख्ने वित्तिकै मन कटक्क खाएको भन्दै वडा सदस्य मियाँले पुल विस्तारको लागि आगमी वुधवार नै वडामा सम्र्पक गर्न भने ।
कार्यक्रममा संस्थाका सचिव किशन भण्डारी र कोषाध्यक्ष पदमकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । विपि मार्ग ख टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार ज्ञानेन्द्रप्रसाद सिग्देल, शान्ति मार्ग टोलविकास सस्थाका अध्यक्ष डा. दिपक सुवेदी, यूवा टोल सुधार समितिका निवर्तमान अध्यक्ष रामकुमार राई, सचिव सुरज भण्डारी, समाजसेवी पार्वती सुवेदी लगायतका व्यत्तिहरु साँगुरो पुलकै बारे चिन्तित देखिए ।
कार्यक्रममा विपि मार्ग टोल विकास संस्थाको कार्यसमितिका सदस्य मिना वाग्लेले स्वागत र संचालन संस्थाका सचिव किशन भण्डारी साहित्यमय लहमा संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्