Pokharapatra National Daily

कर्मशिल सहकारीको अध्यक्षमा संगिता गौतम तिमिल्सिना

कर्मशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं साधारण सभा तथा चौथो अधिवेशनले संगिता गौतम तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा विजय अधिकारी, महिला उपाध्यक्षमा विष्णुमाया गुरुङ, सचिवमा तोरण बहादुर बानियाँ, कोषाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सह सचिवमा ज्ञान प्रसाद अर्याल रहेका छन् । यसैगरी सदस्यमा तिर्थ कुमारी गुरुङ, उर्मिला खड्का भण्डारी, गोविन्द प्रसाद गौतम, सुमन उपाध्याय गौतम र राम बहादुर खत्री निर्वाचित हुनुभएको छ ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा शिवहरि तिमिल्सिना, सदस्यमा घनश्याम तिवारी र राजकुमार लामिछाने रहेका छन् । कार्यक्रमको निर्वाचन संयोजकमा देविलाल शर्मा तिमिल्सिना र सदस्यहरुमा त्रिपुरेश्वर राज त्रिपाठी र भुवन पराजुली रहनुभएको थियो ।
यसअघि वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग काठमाडौंका रजिष्ट्रार झलकराम अधिकारीले गर्नुभएको थियो । उहाँले संघीय कानुन सबैले मान्नुपर्छ, सहकारी मान्यता सिद्धान्त पालना गर्दै सहकारीलाई उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । सहकारीलाई नियमगन गर्ने निकाय बलियो हुनुपर्ने यसलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथिको मन्तव्य राख्दै जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले सहकारी संस्थाले अबका दिनमा दोहोरो सदस्यताका बारेमा सदस्यलाई बुझाउनुपर्ने अवस्था आएको भन्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा सदस्यका तर्फबाट महेश्वर ढकाल , सल्लाहकार शिवहरी शर्मा, लेखासमिति संयोजक देविलाल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा संस्थाको आ.व ०७७।०७८ का गतिविधि सहितको सचिवको प्रतिवेदन, आर्थिक गतिविधि र भावी बजेट र कार्यक्रम सहितको कोपाध्यक्षको प्रतिबेदन, ऋण लगानी उप समितिको प्रतिवेदन तथा नीति निर्माण कार्यान्वयन उपसमितिको प्रतिवेदन छलफल सहित सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
संस्थाको आर्थिक चित्रण सहित हालको अवस्थाको बारेमा लेखा सुपरिवेक्षण समितिका संयोजक देविलाल शर्मा तिमिल्सिनाले प्रस्ट पार्नु भएको थियो । संस्थाले आ.व ०७७।०७८ मा उत्कृष्ट बचत गर्ने शुशिल पौडेल, शकुन्तला पन्त खड्का र भगवती के.सी साथै असल कर्जा कारोबार गर्ने गणेश भण्डारी, ईश्वर गुरुङ र कृष्ण कुमारी परियारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ठ कर्मचारी सम्मानबाट पवित्रा गौतमलाई सम्मान गरिएको थियो भने सहकारीका ज्येष्ठ सदस्यद्धय नितलाल अधिकारी र शालिकग्राम शर्मालाई समेत कर्मशिल साहाराको रुपमा सम्मान गरिएको कार्यक्रम सहकारीका अध्यक्ष धु्रर्व कुवँरको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष संगिता गौतम तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव विजय अधिकारीले गर्नुभएको जानकारी संस्थाका प्रबन्धक देबेन्द्र धितालले गराउनुभयो ।

प्रतिकृया दिनुहोस्