Pokharapatra National Daily

कोन सहकारीमा संरक्षित पुँजी फिर्ता कोषले सदस्यको आकर्षण

हजुरसँग पैसा छ ? सहकारीमा जम्मा गर्नु भयो ? केही कामको लागि ऋण लिंदै हुनुहुन्छ ? अब रकम जम्मा गर्ने देखी ऋण लिने योजना बनाउनु भयो भने कोन सहकारीलाइ सम्झनु होला । कोन सहकारीमा पैसा बचत गरेपनि राम्रो, ऋण लिए पनि राम्रो ।
पोखरा महानगरपालिका वडा नं १३ बाँझापाटन स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरुलाइ दिएको संरक्षितपुँजी फिर्ताकोष सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो कुरा वताइएको हो । कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्था लिका मानार्थ संरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सहकारी ऐनमा व्यवस्था भए अनुसार संरक्षितपुँजी फिर्ताकोषवाट नगद बचत गर्ने र ऋण लिने दुवै शेयर सदस्यहरुको खातामा पैसा जम्मा गरिसकिएको जानकारी दिए । मानार्थ संरक्षक सिग्देलले सहकारी ऐन र नियमावली अनुसार सहकारीमा शेयर लाभांश बाहेक कारोबारका आधारमा अतिरिक्त रकम पाइने भएकोले आगमी दिनमा शेयर सदस्यहरुले सहकारीसँग अझै कारोबार बढ्दै जाने भने ।
कोन सहकारीका महाप्रवन्धक अपिल कोइरालाले सहकारी ऐन अनुसार संरक्षितपुंजि फिर्ताकोषको रकम सदस्यहरुको वार्षिक रुपमा कारोबार गरेको आधारमा सम्बन्धित सदस्यहरुलाइ उपलव्ध गराउनु पर्ने व्यवस्था रहेको जानकारी गराए । महाप्रवन्धक कोइरालाले संरक्षित फिर्ता पुँजि कोषको कानुनी प्रावधान, परिचालन गर्ने तरिका र यसको महत्व बारे लगायतका विषयमा सहजीकरण गरेका थिए । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा सहकारीका कोषाध्यक्ष जयप्रसाद सापकोटाले स्वागत गर्दै पैसा जम्मा गर्ने र ऋण लिने शेयर सदस्यहरुलाइ राम्रो कार्यक्रम रहेको चर्चा गरे । कार्यक्रममा शेयर सदस्य द्धय अर्जुन सिग्देल, फणिन्द्र लामिछाने , व्यवसायी मिलन थापा, सन्तोष पोखरेल लगायत वोलेको कार्यक्रममा संचालन सचिव शान्त कुमार श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्