Pokharapatra National Daily

फेवा सहकारी सस्थाको २२ औ साधारण सभा सम्पन्न

फेवा बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधारण सभा फेवा सहकारीको एक कार्यक्रम बीच सम्पन्न गर्यो ।
२२औ साधारण सभाको समापन कार्यक्रममा गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा गरिबी निवारण मन्त्रालय सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार उदय बहादुर पराजुलीको प्रमुख अतिथिमा समापन कार्यक्रमको पानसमा दिप प्रज्जलन गरि उद्घाटन गर्नुहुँदै फेवा बचत तथा ऋण सहकारी सस्था २२ औ साधारण सभाको सफलताको शुभकामनाका साथ सम्मानित सबैलाई बधाई दिनुहुँदै सहकारीको सिद्धान्त भन्दा बाहिर गएर काम गर्न नहुने बताताउदै सहकारीले आफ्नो सस्था, सदस्य, सामुदाय हुदै राष्ट्रको समेत हितगर्न सकिने भन्नुहुँदै वहाँले नागरिकको जीबन स्तर उकास्न सहकारीको भुमिका महत्वपूर्ण हुने र जगेडा कोषको आधारमा सहकारी बलियो र कमजोर छुट्याउन सकिने हुदा जगेडा कोषको बृद्धि गर्नुनै सहकारी बलियो र मजबुत हुनुहो भन्नुहुँदै फेवा सहकारीको सबैकोष राम्रा भएको बताउदै हालको सहकारी बजार मुखी भन्दा गाउमुखी हुनुपर्ने र माछा पालन, पशुपालनका साथ कृषी उत्पादनमा लगानी गर्न जोड दिनुभयो ।
फेवा सहकारी सस्थाले २२ औ साधारण सभामा समेत कोभिड – १९ को बिशेष ध्यान राख्दै ५ दिन सम्म संचालन गरि सम्पन्न गरिएको साधारण सभाको हरेक दिन पहिलो उपस्थित हुने शेयर सदस्यलाई प्रमुख अतिथी बनाई दिप प्रज्जलन गर्ने कार्यक्रम अनुसार साधारण सभाको दोस्रो दिन शेषराज दुवाडी, तेस्रो दिनको प्रमुख अतिथिमा बाबुराम आचार्य र चौथो दिनको प्रमुख अतिथिमा दुर्गाराज गिरी द्वारा बाट दिप प्रज्जलन गरि दैनिक ३ सय देखी ४ सय जना शेयर सदस्यहरूलाई उपस्थित गराउने लक्ष्य लिई २२ औ साधारण सभा संचालन गरिएको सहकारीका कार्यबाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठले बताउनु भयो ।
उक्त कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, राष्ट्रिय सहकारी बैक न्युरोड शाखा काठमाडौंका शाखा प्रमुख केदार नाथ उप्रेती, राष्ट्रिय सहकारी बैक पोखराका शाखा प्रमुख नरेश पाण्डे, फेवा सहकारीका पुर्व अध्यक्ष नारायण प्रसाद भट्टराई, सस्था का सल्लाहकार एवं राम बजार सोसाइटी युकेका प्रमुख सल्लाहकार महेश गुरुङ्ग, पोखरा उधोग वाणिज्य संघका महासचिव सुरेन्द्र मान बिजुक्छे पत्रकार महासंघ कास्कीका संचालक हरि पंत लगायत का ब्यक्तिहरूले सबै शेयर सदस्यहरूले बचत तथा सहकारीमा हुने सबै कारोबार आफ्नै सहकारीबाट गर्नुपर्ने खाँचो औंल्याउनु हुदै सहकारीले साना र ठूला ऋणी नभनी सबैलाई सामान ब्यबहार गर्नु पर्ने र शुखः र दुखः मा सधै साथ दिनुपर्ने बताए । २२ औ साधारण सभा मा सहकारीका जेष्ठ नागरिक गोपाल गिरी, उत्कृष्ट ऋणीमा सूर्य प्रसाद भण्डारी र सकुन्तला गुरुङ्ग, उत्कृष्ट सदस्य राज कुमार जलारी, उत्कृष्ट निक्षेप कर्ता जागृत कुमार पौडेल, शोभा गुरुङ्ग र रीता अधिकारी चरी र उत्कृष्ट कर्मचारीमा हिरादेबी कार्की लाई नगद, दोसल्ला, मायाको चिनो र सम्मान – पत्रले सम्मान गरिएको उक्त सहकारीले २०७८ आश्विन २१ गते घटस्थापनाको दिन बाट सहकारीको आफ्नै जिरो किमीमा निर्मित भबन बाट बचत कारोबार संचालन गरिने जानकारी गराइएको उक्त २२ औ साधारण सभामा सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले प्रस्तुत गरेका सहकारीका गतिविधि र भाबी रणनिती सम्बन्धि प्रस्तुत प्रतिवेदन माथि छलफल गरि पास गरिएको थियो।
उक्त साधारण सभा कार्यक्रममा कार्यसमिति का सदस्य किरण बैंध बिजुक्छेले सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको २२औ साधारण सभा सम्पन्न कार्यक्रममा सहकारीका कोषाध्यक्ष शेर काजी गुरुङ्गले स्वागत गर्नुभए को उक्त फेवा बचत तथा ऋण सहकारी सस्थाका कार्यबाहक अध्यक्ष एवं २२औ साधारण सभा मुल आयोजक समितिका संयोजक सम्मर बहादुर श्रेष्ठ को सभापतित्वमा सम्पन्न साधारण सभामा फेवा सहकारीका सचिव दिल बहादुर भट्टराई र प्रबन्धक जगन तिमल्सिनाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्