Pokharapatra National Daily

कोन सामुदायिक सहकारीको २३ औ साधारण सभा सुरु

पोखरा महानगरपालिका वडा नं १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्था लि.को २३ औ साधारण सभा बुधवारदेखि सुरु भएको छ ।
कोभिड १९ को कारण सृजित विषम परिस्थितीलाइ मध्यनजर गरी सुरक्षा मापदण्ड अपनाइ सुरु गरिएको सभा आगमी १६ गते समापन गरिने छ । कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्था लिका मानार्थ सरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले सभाको उद्घाटन गर्दै समयको माग अनुसार फरक ढङले सोचविचार गरी सहकारी अगाडि बढ्नु पर्ने धारणा राखे । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत आगमी दिनमा स्वास्थ्य क्षेत्रमा केही न केही कार्य गर्नुपर्नेमा संरक्षक सिग्देलको जोड थियो ।
शिक्षा उपसमितिका सदस्य सपना शर्मा(सिग्देल)ले सहकारीका सात सिद्धान्त पाठ गरी सभा अगाडि बढाइएको कार्यक्रममा सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देलले स्वागत गरेका थिए ।
कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले सचिवको प्रतिवेदन, संचालक समितिको सल्लाह अनुसार कोषाध्यक्ष जयप्रसाद सापकोटा अनुरोधमा उपाध्यक्ष माधवप्रसाद सिग्देलवाट कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देलको वार्षिक प्रतिवेदन सोही सभामा प्रस्तुत गरियो । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा महाप्रवन्धक अपिल कोइराला, शेयर सदस्य तथा पत्रकार शोभाकान्त सिग्देल लगायत वोलेको कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्