Pokharapatra National Daily

कर्मफ्लाइट्स फाउन्डेसनद्वारा खाद्यान्न वितरण

कर्मफ्लाइट्स फाउन्डेसनद्वारा पोखरा महानगरपालिका वडा नं. ६ को खहरे र बङ्गलादी क्षेत्रका कोरोना कहरबाट सृजित विषम परिस्थितीबाट दैनिक जिबिका गर्न कठिन परिस्थितीबाट गिज्रिरहेका अति प्रभावित बिपन्न परिवारहरुलाई एक लाख पच्चिस हजार बराबरको खाद्यान्न राहत वितरण गरिएको छ ।
कोरोना प्रभावित प्याराग्लाइडिङ्ग तथा ट्रेकिङको क्षेत्रमा आधारभूत तहमा काम गर्ने मजदुर श्रमिकहरु लक्षित उक्त राहत बितरण नमस्ते नेपाल संस्था (चेक गणतन्त्र) तथा कर्मफ्लाईट्स फाउण्डेसन नेपालको सहकार्य तथा पोखरा महानगरपालिका वडा नं ६ को संयोजनमा फाउन्डेसनले ५० घरधुरीलाई राहत स्वरुप खाद्यान्न तथा सरसफाइ सामाग्री उपलव्ध गराएको हो । कर्मफ्लाइटस फाउन्डेसनको कार्यालय परिसर बङ्गलादीमा २०७७ पौष १० गते बिहान कार्यक्रम आयोजना गरिएको हो । फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेम कुँवरका अनुसार प्रति परिवार २० केजी चामल, १ केजी नुन, २ केजी दाल, १ केजी चिनी, २ केजी चना, एक लिटर खाने तेल, सोयाबिन २ पाकेट, साबुन २ वटा गरी प्रति परिवार रु २५०० बराबरको राहत सामाग्री वितरण गरिएको हो । राहत बितरण कार्यक्रममा आफ्नो भनाइ राख्दै राहत बितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष श्री जगत बहादुर पहारीले पोखरा बैदाममा मात्रै नभै अन्य जिल्लामा समेत प्राकृतिक बिपत्ति तथा महामारीको बेला आफ्नै बलबुतामा आर्थिक श्रोत जुटाएर सामाजिक क्रियाकलापमा सक्रिय फाउन्डेसनको मुक्तकन्ठले प्रशंसा गर्नुभयो । राहत वितरण कार्यक्रममा शुभकामना मन्तव्य दिने बक्ताहरुमा बङ्गलादी आमा समुहका अध्यक्ष मिठु लामिछाने, निवर्तमान अध्यक्ष बिनिता अधिकारी, बङ्गलादी सहकारी संस्थाका अध्यक्ष बिष्णुमाया सुवेदी न्यौपाने लगायत हुनुहुन्थ्यो भने स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको विशेष उपस्थीती रहेको थियो । उक्त राहत कार्यक्रम को सम्योजन मार्दी न्युज का सम्पादक षेशकान्त शर्मा र कर्मफ्लाईटस एड्भेन्चर् एन्ड् ट्रेक्सका राजु दास ले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्