Pokharapatra National Daily

कमलपोखरी मार्ग टोल विकास संस्थाको १६ औं साधारण सभा

पोखरा महानगरपालिका वडा नं १३ स्थित कमलपोखरी मार्ग टोल विकास संस्थाको १६ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भयो ।
वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले सभाको उद्घाटन गर्दै पोखरामै नमुन टोल भएको भने । आफ्नो टोलमा कुनै पनि सदस्यलाइ आइपरेको समस्या आँफै समाधान गर्न सक्ने प्रतिभा भएकोमा अध्यक्ष लामाले खुशी व्यक्त गरे । कार्यक्रममा चन्दादाता र सामाजिक कार्यमा अग्रसर संस्था गरी २२ जनालाई सम्मान गरियो ।
कमलपोखरी मार्ग टोल विकास संस्थाका अध्यक्ष सु. इन्द्रवहादुर गुरुङले कमलपोखरी तालमा व्यवस्थापनको लागि दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए ।
कमलपोखरीमा पानी सतह बढेपछि चार घरमा बस्न सक्न अवस्था नभएपछि कमलपोखरी संस्थाले आफ्नै भवनमा बस्ने खाने व्यवस्था गरेको अध्यक्ष सु. गुरुङले बताए ।
उनै अध्यक्ष सु. गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कमलपोखरी मार्ग टोल विकास सस्थाको आमा सममुहको अध्यक्ष पूर्णकुमारी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष रणवहादुर गुरुङ, संस्थाका सल्लाहकार वीरवहादुर गुरुङ, सम्मानित तर्फको वाट देविजङ गुरुङ, प्रेमवहादुर गुरुङ र युवा व्यवसायी दिपक परियार लगायत वोलेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष आशकुमारी गुरुङले काषाध्यक्षको प्रतिवेदन र सचिव खड्कवहादुर गुरुङले सचिवको प्रतिवेदन सँगै कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्