Pokharapatra National Daily

विरेठाँटी, धान्द्रुक, टाडापानी, घोरेपानी, देउराली लगायतका क्षेत्रमा पर्यटन आगमन खुल्ला

कास्कीको अन्नपूर्ण पद मार्गमा पर्ने विरेठाँटी, धान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरी लगायतका क्षेत्रमा पर्यटक आगमनमा करिब १० महिना पछि आउँदो माघ १ गते देखि खुल्ला हुने भएको छ ।
कोरोनाको कारण अनिश्चित कालिन पर्यटक आगमनमा प्रतिवन्ध गरिएकोले जनवरी १४ तारिख अर्थात माघ १ गते देखि पर्यटक आगमनमा खुल्ला गरिएको पर्यटन व्यबस्थापन समिति घान्द्रुकका अध्यक्ष किसन गुरुङले बताए । अध्यक्ष गुरुङको अध्यक्षतामा घान्द्रुकमा हालै बसेको बैठकले स्वास्थ्य मापदण्डका कुरालाई बिषेश ख्याल गरी विश्वकै चर्चीत अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय गन्तव्यमा पर्यटक आगमनमा खुल्ला गरेसंगै पर्यटकहरुलाई स्वागत गर्ने भएको भएको समितिले जनाएको छ । आगन्तुक पाहुनाहरुलाई स्वास्थ्य परिक्षणको क्रममा ज्वरो आउने तथा कोरोनाको कुनै लक्ष्यण देखा परेमा उनीहरुलाई दिउँसो ढिलोमा ४ः०० बजेसम्म पोखरा पठाउने व्याबस्था मिलाउने अन्यथा त्यही क्वारेनटाइनको रुपमा समितिले व्यबस्थापन गरी भोलि पल्ट पोखरा पठाउने व्याबस्था गरेको अध्यक्ष गुरुङले बताए । उनले भने “हामीले कोरोनाबाट धेरै दुःख पायौं, कतिन्जेल पर्यटकीय गन्तव्यमा पर्यटक आगमन रोक्ने, अब विस्तारै खुल्ला गर्दै जानु पर्छ भनेर एउटा प्रयास गरेका छौं, स्वास्थ्य मापदण्ड पुरा गरेर भ्रमणमा निस्कन हामीले आव्हान गछौं । ” आफुहरुले एउटा घर भाडामा लियर क्वारेनटाइनको रुपमा राखिने व्यक्तिहरुको रेखदेखको लागि दुइक्षर्् जना स्टाफ नर्स समेत राख्ने तयारी भएको अध्यक्ष गुरुङले जनाए । कोरोनाले जीवनको महत्व, कृषि गाँउको महत्व बुझाएसंगै आफुहरुले जीवनकै सवै भन्दा बढी दुःख पाएको उनले जनाए । कोरोना संक्रमण दर बढ्दै गएकाले घर गाँउमा धेरै बृद्ध बृद्धा आमा बाबु भएको हुँदा आफुहरु बाध्य भएर पईटक आगमनमा केही समय प्रतिवन्ध गर्नु परेको अध्यक्ष गुरुङले जनाए ।

प्रतिकृया दिनुहोस्