Pokharapatra National Daily

प्रदेशसभा बोलाउनेबारे प्रदेश प्रमुख शेरचनद्वारा परामर्श

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीहरूसँग परामर्श गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान (अजित) र प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई प्रदेश प्रमुख निवासमा बोलाएर परामर्श गरेका हुन् । सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल समेत सहभागी रहेका थिए ।
प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्हरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै यसअघि, प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । विपक्षी १७ जना सांसद्ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाहिर रहेकाले प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श लिएका हुन् ।

प्रतिकृया दिनुहोस्