Pokharapatra National Daily

पोखराका दुई फिल्म हल पुष १० देखि संचालन हुने, अन्य फिल्म हल खोल्ने तयारीमा

विगत ९ महिनादेखि बन्द भएको फिल्म हल पोखरामा पनि यही पुष १० देखि दुई वटा फिल्महरु संचालन हुने भएका छन् । पोखरा सभागृहमा रहेका दुई वटा मिट टाउन सिनेमा हल यही पुष १० गते देखि संचालक गर्ने भएको सिनेमा हल संचालक उत्तम द्धवाले बताए ।
नेपाल चलचित्र संघको निर्णय बमोजिम आफुहरुले पनि यही पुष १० गते देखि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सिनेमा हल संचालन गर्ने भएको उनले जनाए । कोरोना भाइरस (कोभिड—१९) ले गर्दा गत चैत पहिलो साता देखि बन्द भएको फिल्म क्षेत्रमा आफुहरुलाई ठुलो आर्थिक भार खेप्नु परेको द्धावाले गुनासो गरे । नेपाल चलचित्र संघ सहितका केही संघ संस्थाले सरकारले यही पुष १० गते देखि फिल्महरु संचालनको अनुमती दिए पनि नदिए पनि फिल्म हलहरु देश व्यापी रुपमा संचालनमा ल्याउने सरकारलाई चेतावनी दिदै आएको सन्दर्भमा पोखराको मिट टाउन सिनेमा हल बाहेक अन्य हलहरु केही समय पश्चात खुल्ने भएका छन्।
पोखराको मिट टाउन ग्यालरीमा १ सय ७८ सिट क्षमताको एउटा र १ सय ७२ सिट क्षमताको अर्को गरी मिट टाउन सिनेमा हल यही पुष १० गतेबाट संचालन गर्ने आवश्यक तयारी गरिएको फिल्म हल संचालक उत्तम द्धवाले बताए । हाल कोरोनाको कारण ५० प्रतिशत मात्र सिट क्षमतामा दर्शकलाई फिल्म प्रर्दशन गराउने तयारी भएको उनको भनाई छ । टिकट शुल्क भने पहिलाकै रुपमा रहने भएको छ ।
उनले भने “हामीले कोरोनाको कहरको बाबजुत पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पहिला मिट टाउन ग्यालरीमा फिल्म प्रर्दशन गर्न सुरु गछौं, त्यसको अबस्था हेरी पुनः विन्ध्यवासिनी, बाराही क र बाराही ख, श्रीकृष्ण हल समेत खुलाउछांैं ।” केही दिन देखि हाल मिट टाउनमा रहेको दुई वटा हलहरुको सरसफाई देखि अपडेट समेत गरिएको द्धवाले जनाए । पोखरामा फिल्म क्षेत्रमा ठुलो लगानी सहित ६ वटा हल संचालन गरेको द्धवा परिवारले फिल्म अन्य सामान्य अबस्थामा मासिक फिल्म क्षेत्रबाट मासिक एक करोड २० लाखसम्मको आर्थिक कारोवार गर्ने गरेको उत्तमले जनाए । ९ महिना पुर्ण रुपमा फिल्म हल संचालन नहुदा करिब ११ करोड भन्दा बढीको आर्थिक कारोवारमा प्रभाव पर्दा आफुहरुलाई ठुलो आर्थिक भारमा परेको उनले जनाए । द्वन्दकाल सहित देशको विसम परिस्थितीमा पनि संचालन हुदै आएको फिल्म हल कोरोनाको प्रभावकै कारणमा संचालन भए पनि धेरै मानिसहरुको मनोरन्जनको साधनको रुपमा रहेको फिल्म हेर्न हल सम्म आउने उनी विशोस्त भएका छन्। पोखरा महानगलाई तिर्ने कर (ट्याक्स), विद्युत महशुल लगायतमा राज्यले फिल्म हललाई बिषेश सहयोग गर्नु पर्ने उनले जनाए । हिन्दी सहित करिब १५ वटा नयाँ नेपाली फिल्महरु पोखरा बजारमा भित्रिएकोले उक्त फिल्म प्रर्दश्न गर्न आफुहरु निकै आतुर भएको द्धवाले जनाए । फिल्म हललाई पोखरामा आफुहरुले जिवन्त दिने रणनितीक योजनामा आफुहरु रहेकोले विन्ध्यवासिनी, बाराही र श्रीकृष्णलाई अब नयाँ पन दिने उनले जनाए ।
पोखरा क्षेत्रकै ठुलो व्यपारीक केन्द्र पोखरा ट्रेड मल भित्र रहेका दुई वटा फिल्म हल सिनेमा प्लेक्स अहिलेको अबस्थामा तत्काल फिल्म हल संचालन गर्ने पक्षमा फिल्म संचालक छैनन्। उक्त फिल्म हलका संचालक मध्यका एक गणेश श्रेष्ठले हाल फिल्म हल संचालन गर्ने बिषयमा आफुहरु पनि सरकारीको आधिकारीक निर्णय वा अनुमतिको पर्खामा बसेको जनाए । उनले भने “ हाम्रा केही फिल्म क्षेत्रका केही संघ संस्थाको अगुवाईमा यही पुष १० देखि संचालन गर्ने भए पनि हामीले सरकारले आधिकारीक रुपमा कुनै ग्रिन सिग्नल नपाइसम्म हामीले हतार गरेर अहिलेको अबस्थामा संचालन गर्ने पक्षमा छैनौं ।” फिल्म हल बन्द हुदा एक महिनामा करिब ३० लाखसम्म नोक्सान हुने गरेको श्रेष्ठले जनाए । आफुहरुसंग आबद्ध करिब २५ जना कर्मचारी भए पनि हाल ३ जना कर्मचारीलाई सरसफाई र फिल्म अपडेट गर्न लगाइएको संचालक श्रेष्ठले जनाए ।
त्यसै गरी पोखराको कल्पना सिनेमा हलमा भने अब शैक्षिक गतिविधि हुने भएको छ । उक्त हल पोखराको प्रतिभा माविले खरिद गरेसंगै बिद्यालयले अब फिल्म हललाई शैक्षिक गतिविधिको रुपमा आफुहरुले संचालन गर्ने भएको प्रतिभा माविका प्रिन्सिपल विश्व गोपाल पराजुलीले बताए । बिद्यालयले उक्त फिल्म हल एक बर्ष अघि खरिद गरेको हो ।
पोखराको तेर्सापट्टि रहेको उक्त फिल्म हल सहितको ४ रोपनी क्षेत्रफलमा बिद्यालयले हाल आधुनिक ढंगबाट मल्टेश्वरी संचालन गर्ने भएको प्रिन्सिपल पराजुलीले बताए । कोरोनाले गर्दा हाल उक्त फिल्म हलको क्षेत्रमा शैक्षिक गतिविधि समेत अघि बढाउन नसकेको उनले गुनासो गरे । नेपालको पर्यटन जस्तै चलचित्र क्षेत्र सहित फिल्म हलहरु समेत नराम्रोसंग प्रभावित भएका छन्। पोखराको पूर्णिमा हल समेत बन्द भएको छ भने दीप ज्योति, पोखरा रामबजारमा रहेको एउटा हल केही समय अघि नै बन्द भएको थियो ।

प्रतिकृया दिनुहोस्