Pokharapatra National Daily

भ्यू सिटिको रंक्तदान कार्यक्रमबाट ५१ यूनिट रंक्त संकलन

लायन्स क्लव अफ पोखरा माउण्टेन भ्यू सिटिको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको खुल्ला रंक्तदान कार्यक्रमबाट ५१ यूनिट रंक्त संकलन भएको छ ।
रंक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराको महेन्द्रपुल हुलाक कार्यालय अगाडी भएको तेश्रा संस्करणको उक्त कार्यक्रमबाट ५१ यूनिट रंक्त संकलन भएको क्लवका कोषाध्यक्ष रामचन्द्र शर्माले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लवका पास मल्टिपल काउन्सिल चियरपर्सन (पिएमसीसी) दीपक श्रेष्ठले पहिलो रंक्तदाता कविन्द्र पोखरेलाई व्लड व्याग हस्तान्तरण गर्दैै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमा बोल्दै उनले मानव समुदायकोे लागि रंक्तदान अति नै आवश्यक भएकोले यस्ता विभिन्न क्लव तथा संघ संस्थाहरुले निरन्तर रुपमा रंक्तदान कार्यक्रम गर्नु पर्ने बताए । क्लवका अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष वलराम आचार्य, लायन्स क्लवका रिजन चियर मदन केसी, जोन चियर पर्सन श्रीकृष्ण कतिला, कार्यक्रममा कार्यक्रम संयोजक दीपक कुवंर, क्षेत्रिय रंक्त संचार सेवा पोखराका बालकृष्ण शर्मा, क्लवका सह—सचिव बिष्णु बाँस्तोला लगायतले रत्तंmदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस्