Pokharapatra National Daily

चार महिनापछि फेवातालमा पानी चार्जीङ भयो

लगातार पानी परेका हुदाँ हाल फेवातालले आफ्नो पहिलाकै पानीको सतह कायम गरेको छ ।
फेवाबाधको मर्मत पश्चात बाध बन्द गरे तालमा पानी चर्चीङ राम्रोसंग हुन नसकेको अबस्थामा लगातार ३ दिन जसो पानी परेकोले हाल ताल विगत ४ महिना अघि नै अबस्थामा फर्किएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख कीरण आचार्यले बताए ।
करिब ९२ प्रतिशत रवरशिल फेर्ने देखि मर्मतको काम सकिएको बताएका उनले अहिलेकै अबस्थामा तालको बाधको पानी ९२ प्रतिशतजसो पानी नियन्त्रण भएको दाबी गरे । उनले करिब एक दशक पानीको वाहव नियन्त्रण वा थेग्न सक्ने दाबी गरे । उनले भने “हामीले गन प्रयोग गरी चर्केको भागमा मसला भर्ने (प्रेसर सिमेन्ट ग्राउटीङ) गरेका छौं, डाउनसिल साइडको लन्चिङ एप्रोन लगायतको काम सम्पन्न भएको डिभिजन प्रमुख आचार्यले जनाए ।
फेवाबाध मर्मतको लागि गत माघबाट फेवातालको पानीको सतह करिब एक मिटर घटाए पछि पुनः बाध मर्मत पश्चात बाध बन्द गरे पनि ४ महिनासम्म ताल पहिलाको अबस्थामा फर्किन सकेको थिएन् । फेवातालमा अतिक्रमण र दोहोन नरोकिएकोले गर्दा तालको स्भाग बढाउने अभियान अन्र्तगत पानीको सतह बढाए पश्चात तालले आफ्नो आकार आफै लिने प्रमुख आचार्यले जनाए । अबको करिब एक साता पछि फेवाबाधबाट करिब ९९ प्रतिशत पानी चुवावट रोकिने उनले दाबी गरे ।
पोखराको फेवातालको बाध करिब ३८ बर्ष पछि मर्मत मर्मत भएको हो । यस अघि बाधको रवरशिल पानीले खियाएका कारण बाधबाट पानी चुहावट भएको थियो । २०१८ सालमा पोखराको फेवातालमा भारतको सहयोगमा बाध निर्माण भएको त्यस पशचात २०२८ सालदेखि भत्कन सुरु भएको बाध २०३१ सालमा बाध फुट्न गएको आचार्यले बताए । भत्केको बाध यूएनडिपीको सहयोगमा २०३९ सालमा मर्मत भएको उनले जनाए । पानीको बहाब नियन्त्रण गर्न रबरसिल्ड र लन्चीन एप्रोन लगायतको काममा करिब दुई करोड खर्च भएको आचार्यले जनाए । फेवातालको पानीको सतह घटेको मौका छोपी केहीले फेवातालको मापदण्ड विपरित खन्ने खोर्सने र ताल नजिकै भौतिक संरचना बनाएका थिए ।
गत बर्ष कार्यालयले फेवातालको बाधको अध्ययन अवलोकन सहितको प्रतिवेदन तयार गरी तत्काल बाध मर्मत गर्नु पर्ने भनी गण्डकी प्रदेश सरकारलाई राय पेश गरे बमोजिम फेवा सिंचाई प्रणाली अन्र्तगत २ करोडको टेण्डर भएको थियो । फेवातालको पानीको सतश बढेसंगै आफुहरु निकै खुसि भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

प्रतिकृया दिनुहोस्