Pokharapatra National Daily

सभामुखले दलका नेतासँग छलफल पछि प्रदेशसभाको अधिवेशन अघि बढ्ने

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संसदीय दलका नेताहरुसंग छलफल गरेर मात्र त्यसबाट आएको निचोडको आधारमा स्थगित भएको बिषेश अधिवेस संचालन हुने भएको छ ।
यही वैशाख १५ गते देखि स्थगित भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वोलाउने बिषयमा सोमबार संसद सचिवालयमा बसेको कार्यव्यस्था परामर्श समितिको बैठकले ठोस निर्णय दिन नसके पछि दलहरुसंग सभामुखले छलफल गरेर मात्र अघि बढ्न सुझाव दिएका हुन् ।
कार्यव्यस्था परामर्श समितिले दिएको निर्णयको आधारमा सभामुख नेत्रनाथ अधिकारीले मंगलबार दिउँसो ३ंः०० बजे संसद सचिवालयमा संसदीय दलका नेताहरुलाई वोलाउने भएका छन् । सभामुख नेत्रनाथ अधिकारीले मंगलबार दलका नेताहरुलाई सर्वदलीय बैठकमा वोलाउने कार्यव्यस्था परामर्श समितिमा सहमति भएको माओबादी केन्द्रका सांसद रामजी प्रसाद बराल जीवनले बताए । स्थगित भएको बिषेश अधिवेसन वोलाउने बिषयमा दलहरु बिच हुने छलफलले निर्णय गर्ने भएको उनले बताए । उनले भने “संसदीय अभ्यासमा सवै लचक हुनु पर्छ, सधै संसद अरुद्ध गरेर हुदैन, गल्तीबाटै पाठ सिकेर अघि बढ्नु पर्छ ।”
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले सभामुखले गल्ती गरेकोले उनले संसदीय दलका नेताहरुलाई डाकेर बैठक बसे पछि त्यसबाट आएको निर्णयको आधारमा मात्र स्थगित भएको बिषेश अधिवेसनको बारेमा टुंगो लाग्ने बताए । करिब ४ घण्टा जसो चलेको कार्यव्यस्था परामर्श समितिमा सक्ता पक्ष र प्रतिपक्षका धेरै कुरा आए पनि अन्ततः संसदीय दलका नेताबाट आएको निर्णय नै मान्य गरी सहमति भएको हो । सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव छलफलमा गइसके पछि सभामुखले प्रदेशसभा स्थगित गर्न नमिल्ने निर्णय गरेकोले त्यसको कानुनी आधार नदिएसम्म संसद चल्न नसक्ने चेतावनी दिएका थिए । बैठकमा विपक्षी दलहरु नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका रामजी बराल र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले संसद सञ्चालन गर्नुपर्ने भनाइ राखेका थिए । सभामुख नेत्रनाथ अधिकारीले भने राष्ट्रिय जनमोर्चाले आफ्नो सांसद खोजीका लागि निवेदन दिएकाले संसद स्थगित गनुर््पर्ने अवस्था रहेको बताएका थिए । प्रदेशका मुख्यमन्त्रीविरुद्ध संसदमा पेस अविश्वास प्रस्तावमाथि मतदान हुने दिनमै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्क विहीन भएपछि १५ वैशाखमा सभामुखले संसद बैठक चलि रहेको अबस्थामा बिचमै २० मिनेटको लागि भन्दै स्थगित गरेका थिए भने पछि सूचना टाँस गरी अनिश्चित कालको लागि भन्दै संसद स्थगित गरेका थिए । जनमोर्चा सचेतक पियारी थापाले सांसद शाहीको अवस्था सार्वजनिक नहुँदासम्म संसद रोक्न माग गर्दै निवेदन समेत दिएकी थिइन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । जनमोर्चाका ३ सांसद सक्ता जोगाउने वा नयाँ सरकार परिवर्तन गर्ने त्यसको चाबी चनमोर्चाको हातमा रहेको छ ।
प्रदेश सभामा नेकपा एमालेको २७, १ स्वतन्त्र, कागेंसको १५, माओबादी केन्द्र १२, जसपा २, जनमोर्चाका ३ जना सांसद रहेका छन्। सत्ता टिकाउने बिषयमा केही दिन अघि प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्