Pokharapatra National Daily

संकटाले आहा रारामा इतिहास रच्यो

क्याराभान गोल्ड कप सहित २० औं संस्करणको फुटवल प्रतियोगिता पोखरामा सम्पन्न हुदा पहिलो पटक आहा रारा गोल्ड कपको उपाधि हात पारेको काठमाण्डौंको संकटा क्लवले इतिहास रचेको छ ।
पाहुना टोली अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुनलाई टाईब्रेकरमा ४—२ को गोल अन्तरले पराजित गर्दै आहा रारामा इतिहास रच्न सफल भएको हो । यस अघि ५ पटक सहभागि भएको संकटाले सेमिफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको थिएन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा टाईब्रेकरको सहायताबाट संकटाले पाहुना टोली अफ्रिकन रुटलाई पराजित गर्दै आहा रारामा नयाँ इतिहास रच्दै उपाधिको साथमा नगद १० लाख १ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरेको छ । शनिबार करिब १० हजार दर्शक माझ भएको खेलमा संकटाले ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले बराबरी ३० मिनेटको अतिरित्त समयमा समेत दुबै तर्फ गोल नभए पछि खेल निर्णायकको लागि टाईब्रेकरमा पुगेको थियो । उपविजेता भएको पाहुना टोली अफ्रिकन रुटले भने ट्रफीको साथमा नगद ५ लाख १ हजार पुरस्कार प्राप्त गर्यो ।
अफ्रिकन रुट एशोसियसनको तर्फबाट टाईब्रेकरमा कुती र एम वाकोपले गोल गर्न चुके । संकटाको जितमा भने टाईब्रेकरमा अमित तामाङ, सुवास गुरुङ, निराज बस्नेत र आयुस घलानले गोल गरे । संकटाका सरोज दहालले प्रहार गरेको वल विपक्षि गोलरक्षक हेल्भियोले बचाउ गरे । अफ्रिकन रुट एशोसियसनका एनीक र रिमले टाईब्रेकरमा गोल गरेका हुन । संकटाले आहा रारामा पहिलो पटक फाइनलमा पुगेर उक्त उपाधि जितेको यो पहिलो संस्करण हो । खेलको १० औं मिनेटमा अफ्रिकन रुट एशोसियसनका बसिकले गोल गरेका थिए भने दोश्रो हापको ५ औं मिनेटमा संकटाका ग्लोरीले गोल गरी खेल बराबरीमा पुराएका हुन् । प्रतियोगितामा संकटाका गोलरक्षक राजाबाबु थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । फाइनल खेलमा म्यान अफ दी म्याच र प्रतियोगितामा उत्कृष्ट गोलरक्षको उपाधि समेत आफ्नो पोल्टामा पार्न सफल भएका थापाले उत्कृष्ट खेलाडीको उपाधिको साथमा एक थान स्कुटर समेत प्राप्त गरेका हुन्। प्रतियोगितामा उत्कृष्ट मिड फिल्डरमा अफ्रिकन रुटका रिम, उत्कृष्ट स्टाइकरमा अफ्रिकन रुटका बसिक, उत्कृष्ट डिफेण्डरमा संकटाका निरज बस्नेत र उत्कृष्ट प्रशिक्षकमा अफ्रिकन रुटका प्रशिक्षक स्यालवियो घोषित भए । उनीहरुलाई सुर्यबहादुर के. सी. को स्मृतिमा अवार्डको साथमा जनही नगद २५ हजार समेत प्रदान गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता तर्फ चार जनाले उपाधि सहित २५ हजार रुपैया बाडेका छन् । सर्वाधिक खेलाडीको रुपमा अफ्रिकनका बसेक र मौसा, नेपाल पुलिस क्लबका बुद्द बल तामाङ र संकटाका ग्लोरीले प्राप्त गरे । ८ प्रतियोगिहरु मध्य अनुसासित टोली भने विभागिय टोली नेपाल पुलिस क्लबले प्राप्त गर्यो । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, किरण केसी र रोशन केसी, क्लवका अध्यक्ष केशव बहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए । ७ दिन संचालन भएको प्रतियोगितामा पहुना टोली अफ्रिकन रुट एशोसियसन सहित ८ टिमको सहभागिता रहेको थियो । कोरोनाबाट बच्न बचाउन आवश्यक मापदण्डका कुरा फाइनल खेलमा खासै ख्यान भने नगरेको देखियो ।

प्रतिकृया दिनुहोस्