Pokharapatra National Daily

भद्रकाली मन्दिरको फेदीमा पदमार्ग

 

पहिलो पटक मन्दिर आउने अवसर मिल्यो । पहिलो निमन्त्रणामा पाइला टेक्दा धेरै खुशीको अनुभूति भयो ।
दुइ सय वर्ष पुरानो इतिहास बोकेको भद्रकाली मन्दिरको फेदीमा ढुङा छाप्न पाउँदा छाती नै चौडा बनायो गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको । पदमार्गको शनिवार शिलान्यास गर्दे गुरुङले सो अभिव्यत्ती दिएका हुन् । मन्दिर रहेको डाँडाको फेदी वरिपरि पैदल यात्रा गर्ने बाटो निर्माण थालनी गरेका मुख्यमन्त्रीले बाँकी पदमार्ग निर्माणमा पनि सहयोग गर्ने बचनबद्धता गरे । मुख्यमन्त्रीले गुरुङ मन्दिर सवैको आस्थाको धारोहर रुप भएकोले स्थनीयहरुलाइ पनि सहयोग गर्न अनुरोध गरे ।
मुख्यमन्त्री गुरुङले भद्रकाली मन्दिरको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए । सवैभन्दा ठूलो दान जग्गा दान भएकोले धर्मका काममा दुइचार आना सहयोग गर्न मुख्यमन्त्रीले पुन अनुरोध गरे । मुख्यमन्त्री गुरुङले प्रदेश सरकार सबैका घर घरमा धारा र बिजुली पु¥याउने अभियानमा लागि रहेको भने । भद्रकाली मन्दिर पोखराको मात्रा गहना नभै नेपालकै गहना बन्न सक्ने भएकोले हामी सवै मिली दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्नेमा मुख्यमन्त्रीले जोड दिए ।
श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टीकावहादुर कार्कीले स्वागत गर्दै गण्डकी प्रदेश सरकारले मन्दिरलाइ २० लाख रुपैयाँ बजेट दिएको जानकारी दिए । पदमार्ग सुरु गरेपछि वरिपरिको ९ सय ५० मिटर पदमार्ग निर्माण गरिने अध्यक्ष कार्कीले भने । पदमार्गको ठाउँ ठाउँमा वृद्धवृद्धाहरुहरुलाइ मन्दिरमा रहेको मुर्ति राखी तलै दर्शन गर्ने वातवरण मिलाइने अध्यक्ष कार्कीले वताए । मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले कार्यक्रम संचालन गर्दै धेरै मुद्दा मामिला झेलेर पनि ४० रोपनी जमिन भद्रकाली गुठीका नाममा ल्याउन सफल भएको भने । हामी सवै मिलेर अगाडि बढेमा भद्रकाली मन्दिरमा आमुल परिवर्तन गरी भत्तालुहरुको पहिलो आर्कषणमा पार्न सकिने सचिव योगेन्दमानले वताए ।

प्रतिकृया दिनुहोस्