Pokharapatra National Daily

नेपाली कांग्रेस कास्कीको विरोध प्रर्दशन

अर्को निर्वाचनमा कब्जा गर्ने रणनितीमा कम्युनिष्ट लागेको नेता केसीले आरोप

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले अर्को निर्वाचनमा कब्जा गर्ने रणनितीमा कम्युनिष्टहरु लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले कम्यूनिष्ट नेतृत्व सरकार इतिहासकै भ्रष्ट सरकार भएको आरोप लगाउदै फेरी निर्वाचनमा कब्जा जमाउने रणनितीमा कम्युनिष्टहरु लागेको आरोप लगाएका हुन् ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि आक्रमण हुनु व्यक्तिगत घटना नभई प्रत्येक कांग्रेस कार्यकर्ताहरुलाई गाँउ गाँउमा जान नदिने त्रसित पार्ने खोज्ने मनसाय भएको नेता केसीले बताए । भ्रष्टचारमा संलग्न व्यक्तिहरु माथि कारवाहीको लागि पूर्व प्रधानन्यायाधिसको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन गरेर सम्पूर्णको घोटलाको छानविन गर्न प्रधानमन्त्रीलाई उनले चुनौती दिए । उनले भने ‘प्रधानमन्त्री ओलीले भ्रष्टचारलाई म देखि सहन्न भन्ने तर साच्चै भ्रष्टचार बिरुद्धी भए यो देशले पत्याएको चिनेको, पूर्व प्रधान न्यायाधिसको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन गरेर सम्पूर्णको घोटलाको छानविन गर्ने तागत छ ।’ वाइडवडि, बुढी गण्डकी, ३३ केजी सुन, कोभिड—१९ बिरुद्धको स्वास्थ्य सामाग्री लगायतमा भएको भ्रष्टचार इतिहासकै भ्रष्ट सरकार भएको नेता केसीले आरोप लगाए । उनले भने ‘ट्रान्सपरेन्सि इन्टरनेश्नले अघिल्लो वर्ष भन्दा यस वर्ष नेपाल ५८ प्रतिशत भ्रष्टचार भएको कुरा उल्लेख गरेकोले त्यसको त्यो भ्रष्टचारमा राष्टपति देखि प्रधानमन्त्रीसम्म नाम लिएको थियो, यसले गर्दा अन्तराष्ट्रिय रुपले हामीलाई यो कम्यूनिष्टको सरकारले भ्रष्ट सरकारको रुपमा चिनाएको छ ।’ यो सरकारको कारण नेपाली जनता गाँउदेखि केन्द्रसम्म करैकरको भारमा परेको नेता केसीले जनाए । उनले भने ‘वडादेखि लिएर, गाउँपालिका, नगरपालिका, प्रदेश र केन्द्रसम्म करको भार भएको छ, त्यो करको भार अनुसार उनीहरुलाई मोटर किन्न, आइफोन किन्न होइन, जनतालाई प्रत्याभूत हुनु पर्छ, विकास निर्माणका कुरा लुटको रुपमा परिणत भएका छन, संवैधानिकतन्त्रलाई लुट तन्त्रमा प्रयोग भएको छ ।’ कम्युनिष्ट र लोकतन्त्र बिरोधी भएकोले कम्युनिष्टबाट लोकतन्त्र संरक्षण हुन्छ भन्नु दिवा सपना भएको उनको आरोप थियो । उनले भने ‘कोभिड—१९ को निम्ति खरिद गरिएको सामानमा पनि भ्रष्टचार गर्ने, यो भन्दा अपराधि सरकार इतिहासमा केहि पनि छैन्, यो अत्यन्त ठुलो अपराध हो ।’ उनले ५० अर्बको भ्यासिन खरिदमा पुन भ्रष्टचारको अखडा नहोस भन्ने कामना समेत गरे । प्रमुख प्रतिपक्षको भूमिकामा कांगेस कमजोर भएको उल्लेख गर्दै उनले अब आत्म मुल्याङकन गर्दै सुधारेर, आधुनिकिकरण हुदै अघि बढ्नु पर्ने खाँचो औलाए । बेरोजागीको समस्याले सिमा नाघेको नेता केसीले आरोप लगाए । प्रशासनलाई दुरुपयोग गरिएको नेता केसीले बताए । पूर्व सभामुख एवं काग्रेंस नेता तारानाथ रानाभाटले कांग्रेसले अब सडक र सदनबाट कम्यूनिष्ट नेतृत्वको सरकार बिरुद्ध आवाज उठाउनु पर्ने उल्लेख गरे । उनले कम्युनिष्टहरु संवेदनशिल नभए सक्ताच्यूत गर्नुपर्ने राय व्यक्त गरे ।
कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभाअध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता यज्ञ बहादुर थापा, महादेव गुरुङ, खेमराज पौडेल, आई बहादुर गुरुङ, युवराज कुवंर, महिला नेत्री माया बराल, लक्ष्मी पाण्डे, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले कम्यूनिष्ट सरकार बिरुद्ध अब गाँउ गाँउबाट उठ्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्