Pokharapatra National Daily

बालबालिकालाई न्यानो कपडा दिएर श्रद्धाले जन्मदिन मनाइन

बाबा र आमा भाग्यले चुंडेर लग्यो त के भो । भाग्य वलियो भए टोल टोलमा बाबा आमा रुपी मनकारी व्यक्ति जन्मिन्छन् ।
पोखरा महानगरपालिका वडा न १३ गौडाकोमुख बस्ने श्रद्धा क्षेत्रीले नौ जना बालवालिकालाइ अभिभावकको भुमिका निभाएकी छिन् । आठ वर्ष पुरा गरी नौ वर्ष पुगको अवसरमा ती बालबालिकालाइ चार वटा बल्याङकेट , सुन्तला, पिठो र नौ जना बालबालिकालाइ हाइनेक दिएर जन्मदिन मनाएकी हुन श्रद्धाले । पोखरा महानगरपालिका वडा नं २७ स्थित श्री कृष्ण प्रणामी बृन्दावन धाममा बस्ने नौ जना बालबालिका विच बुधवार मनै फुकाएर मनाइन् । बालबालिकाविच तीन वर्षअघि देखी दिमागमा बाबा आमा नभएका बालबालिकालाइ सहयोग गर्ने इच्छा आज ममि सरस्वती क्षेत्रीको सहयोगमा पुराभएको वताइन । आगमी जन्मदिनमा पनि यस्तै सहयोग गरी मनाउने र दिदीको जन्मदिनमा यहि तरिकाले गरिने श्रद्धाले भनिन् । धामका गुरुले ममी नभनी जन्मदिनेलाइ आमा भनेर सम्बोधन गर्न अनुरोध गर्नु भएको बाक्यले मलाइ आँखा खुलाएको दिदी सम्पदा क्षेत्रीले वताइन । मेरो साथमा बाबा आमा भएकोले म भाग्मानी छोरी भएको सम्पदाले भनिन् ।

प्रतिकृया दिनुहोस्