Pokharapatra National Daily

पोखरा रंगशालाको भौतिक निर्माण बजेट अभावले नरोकिने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको बाँकी रहेको र आवश्यक पर्ने भौतिक निर्माणको कार्य बजेट अभावले नरोकिने दाबी गरेका छन् ।
सोमबार पोखरा रंगशालाको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको बाँकी रहेको तथा आवश्यक गर्ने भौतिक निर्माणमा बजेट अभावले कुनै पनि काम नरोकिने दाबी गरेका हुन् ।
पोखरा रंगशालाको भौतिक पूर्वाधार निर्माणमा आवश्यक बजेटको व्यबस्था सरकारले गर्ने बताएका उनले खेलकुद परिषद र गण्डकी प्रदेश सरकारले यसमा समन्यन गर्न आग्रह गरे । उनले भने “पोखरा रंगशालामा १३ औं सागका केही खेल भएकोले पोखरा रंगशाला अब पोखरा, गण्डकी प्रदेश, नेपालको मात्र नभई यो रंगशाला दक्षिण एसियाकै भएकोले त्यसको लागि सरकारले आवश्यक बजेटको व्यबस्था गर्छ ।”
पोखरा रंगशालामा विभिन्न खेल संघ सहित खेलाडी एवं खेलकुदकर्मीले स्वागत गरेकोमा हौसिदै प्रधानमन्त्री ओलीले अग्रेंजीमा समेत भाषण गर्दै हिम्मत र अनुसासित भएर लाग्न खेलाडीलाई आग्रह गर्दै खेलाडीहरुको भविश्यको लागि राज्यले प्रभारम्भ गरेको जनाए । राखेपका सदस्य सचिव रमेश कुमार शिलवालले पोखरा रंगशालकाको बारेमा जानकारी गराएका थिए । पोखरा रंगशालमा करिब थप १ अर्ब बजेट आवश्यक भएको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । हिटिङ सहितको सुइमिङपुल निर्माणको लागि ३३ करोड, सुटिङ ट्रेनिङ सेन्टर, फल्टलाइट, पोखरा फुटवल स्टेडिएमको बाँकी काम पूरा गर्न लगायतका भौतिक संरचना गर्न १ अर्ब बजेट आवश्यक भएको उनले जनाए । हिमाली सांस्कृतिक परिवारका कलाकारले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । रंगशालामा पन्चेबाजा सहित प्रधानमन्त्री ओलीलाई स्वागत गरिएको राखेप सदस्य गुरुङले जनाए ।

प्रतिकृया दिनुहोस्