
नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ ।
नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् । यसै क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित निम जि, ईलेक्ट्रिक अटोको नेपाल अधिराज्यभर आइतबारदेखि विक्री वितरणको शुभारम्भ गरेको छ ।