Pokharapatra National Daily

व्यावसायिक कफी खेतीको लागि प्रदेश सरकारले प्रशोधन र बिमा गराउन सहयोग गर्छः मन्त्री थापा

गण्डकी प्रदेशका भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकारले व्यावसायिक कफि खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप कफीको प्रशोधन र बिमा गराउनमा सहयोग गर्ने बताएका छन् ।
राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रिय कार्यालय पोखराले आइतबार पोखरामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश सरकारले व्यावसायिक कफि खेतिको लागि उत्पादित कफिको प्रशोधन गर्न र बिमामा लाग्ने शुल्कः तिर्न सरकार तयार रहेको जनाएका हुन् । पछिल्लो एक बर्षदेखि कास्की, स्याङजा सहितका गण्डकी प्रदेशका अधिकांश पहाडी जिल्लामा कफि खेति उत्पादनमा हस आएकोले त्यसको व्यावसायिक कफि खेती गर्न किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले आवश्यक पर्ने थप सहयोग र स्थानिय तथा संघिय सरकार समक्ष समन्वय गर्न तयारको रहेको जनाए । गण्डकी प्रदेशमा क्ुन ठाँउमा कफि खेती राम्रो हुन्छ त्यसको पहिचान गर्नु पर्र्न बताएका मन्त्री थापाले कर्जा लगानीको ५ प्रतिशत व्याजदर सरकारले अनुदान स्वरुप दिने समेत बताए । उनले प्रदेशमा कफि खेतीको व्यवसायिककरण गर्न बाजो जग्गा राख्न नपाउने र जग्गा भाडामा लिने सिस्टम ल्याउने बताए । कास्की, नवलपुर सहितका जिल्लामा अब छिट्टै कृषि ज्ञान केन्द्र स्थापना गर्ने, पर्वत लगायतका जिल्लामा पशुपंक्षि कार्यालय स्थापना गर्ने भएको मन्त्री थापाले जनाए ।
गण्डकी प्रदेशका सांसद एवं विधान समितिका सभापति मोहन रेग्मीले किसानका माग सम्बोधन हुने गरी बजेट विनियोजन हुनु पर्ने बताए । वोर्डका क्षेत्रिय निर्देशक डा.बिष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा व्यवसायिक किसान, विभिन्न जनप्रतिनिधि, पालिका प्रमुख लगायले कफि खेतिमा विभिन्न प्रकारको रोग लाग्ने समस्या आएको, यसको बजारीकरणमा थप समस्या आएको, नेपालमा उत्पादित गुणस्तरको कफिको कुनै ट्याकिङ नभएको, भारतको सस्तो कफीले नेपाली बजार ओगटेको लगायतको समस्या राखेका थिए ।
यसैबिच, क्षेत्रिय उक्त कार्यालय आइतबारदेखि प्रदेश स्तरिय भएको वोर्डका चन्द्र गिरीले बताए ।

प्रतिकृया दिनुहोस्