Pokharapatra National Daily

पोखरामा पुनर्स्थापनाको सम्मानमा  प्रर्दशन

सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा पनि विजयी जुलुस निकालिएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) जिल्ला समिति कास्कीको आयोजनामा बुधबार पोखरामा विजयी जुलुस निकालिएको हो । पोखराको पृथ्बीचोकबाट सुरु भएको विजयी जुलुस सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुदै मानव अधिकारचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनः स्थापनाको फैसलालाई सम्मान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई रक्षा र सदृढ गरौं भन्ने नारा सहित जुलुसमा नेकपाका युवा नेतादेखि विभिन्न जनबर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेकपाका गण्डकी सहइन्चार्ज तुलबहादुर गुरुङले प्रधानमन्त्री ओलीले चालेको कदम कानुन्ीा रुपमा र बैधानिक रुपमा अबैध भएको पुष्टि भएसंगै प्रधानमन्त्री ओलीले अब राजिनामा दियर मार्ग प्रशस्त पार्न आग्रह गरे । उनले भने “प्रधानमन्त्री ज्यू, अझै आत्मआलोचना गरी आम जनता माझ माफ मागेर आउनु हुन्छ भने पनि हामी सहकार्य गरी अघि बढ्न सक्छौं, अन्यथा अब नैतिकताको हिसावले पनि राजिनामाको विकल्प छैन ।”
कास्कीका बुद्धिजिबि सुरेन्द्र थापा मगरले सर्वोच्च अदालतको फैसलाले संविधानको जित भएकोले दाबी गरे । नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ करणले संविधानको रक्षाको लागि सर्वोच्च अदालतको निर्णयले आम जनतामा एक पटक फेरी खुसिछाएको बताए । नेकपा कास्कीका सचिव बखानसिंह गुरुङले जुलुसमा सहभागिहरुलाई धन्यवाद दिएका छन् । यसैबिच, सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा मंगलबार बेलुका नै दीप प्रज्वलन गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरेर गत पुष ५ गते संसद विघटन गरेका थिए ।
कास्कीमा पनि नेकपा (दाहाल–नेपाल) समुह तथा नेकपा (ओली समुह) बिच हुन सक्ने घटनालाई न्यूनिकरण गर्न सुरक्षा व्यबस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्