Pokharapatra National Daily

कृषि उत्पादकत्व वृद्धिका लागि प्रविधिमा जोडः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताएका छन् ।
पोखरा महानगरपालिका–१७ विरौटास्थित कृषि ज्ञान केन्द्र कार्यालयको सोमबार उद्घाटन गर्दै उहाँले सरकारले कृषि उत्पादन वृद्धिका लागि जमीनको चक्लाबन्दीको साथै व्यावसायिकतामा जोड दिएको बताए । जनसङ्ख्या दरमा आएको वृद्धिसँगै सानो जग्गा, कम लागतमा बढी उत्पादन गर्ने खालको प्रविधियुक्त दक्षजनशक्ति विकास गरिनुपर्ने आवश्यकता औँल्याउँदे मुख्यमन्त्री गुरुङले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य हुने विश्वास व्यक्त गरे ।
सो केन्द्रमार्पmत प्रदेशका सबै पालिकाको माटो परीक्षण गरी कहाँ कुन वस्तु उत्पादन गर्न सकिन्छ भन्ने तथ्याङ्क सङ्कलन गरिने बताउँदै उनले आर्थिक समृद्धिको आधार कृषि उत्पादन वृद्धि गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताए ।
खाद्यान्न उत्पादन हुने उर्बर भूमि कङक्रिट बस्तीमा परिणत हुँदै गएकोमा दुःख व्यक्त गर्दै उहाँले मानिसको बाच्ने आधारको रुपमा रहेको कृषि पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ नियन्त्रण र रोगथामका प्रदेश र स्थानीय सरकारले उल्खनीय भूमिका निर्वाह गरेर सङ्घीयताको पुष्टि गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी बढाउँदै जानुपर्ने आवश्यकता औल्याए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशका १० जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी सञ्चालनमा आएको बताउँदै मनाङ जिल्लामा पनि निकट भविष्यमा कार्यालय स्थापना गरिने जानकारी दिए । ‘एक पालिका ः एक मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले सिमित श्रोत र साधनको अधिकतम उपयोग गर्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषिको व्यवसायिकरणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा अगुवा कृषक धर्मदत्त पौडेलले उन्नत र गुणस्तरीय विउ, मल र प्राविधि, तथा बजारको अभावका कारण कृषि पेशा संकटमा पर्दै गएको बताउँदै त्यसतर्पm सरकारको ध्यान जानुपर्नेमा जोड दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सवनम सिवाकोटीले सिमित श्रोत साधान तथा जनशिक्तको अभावका बावजुद पनि कर्मचारी वर्गले कृषकलाई सक्दो सेवा गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस्