Pokharapatra National Daily

फेवातालमा मापदण्ड विपरित निर्माण हुदैं गरेको संरचना भत्कायो

पोखराको फेवातालमा मापदण्ड विपरित निर्माण हुदै गरेको भौतिक संरचना पोखरा महानगरले २४ घण्टामा पुनः भत्काएको छ ।
पोखरा १८ स्थित खपौदीमा फेवातालबाटै पर्खाल निर्माण गर्दै गरेको भौतिक संरचना शनिबार महानगरको एक टोलीले भत्काइएको केही घण्टामा रातरात पुनः संरचना बनाएसंगै महानगरको टोलीले आइतबार २४ घण्टामै फेरी उक्त संरचना भत्काएको हो । पोखरा महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवि गुरुङ, पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापाको सहितको टोलीको उपस्थितीमा उक्त संरचना भत्काएको हो । कानुन मिच्नेहरु कानूनका भागिदार हुने मेयर जिसीले बताए । मेयर जिसीले मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना क्रमश भत्काउदै जाने चेतावनी दिएका छन्। शनिबार जनप्रतिनिधि बिना उक्त भौतिक संरचना महानगरको एक टोलीले डोजर लगायर भत्काए पनि आइतबार पुनः करिब ५ मिटर जसो पार्खाल निर्माण गरी ढुंगा गिटी समेत झारेकोले उक्त निर्माण सामाग्रि समेत महानगरले जफत गरेको मेयर जिसीले जनाए ।
पोखरा महानगरको नगर प्रहरी, सरसफाई बिभाग, वडा प्रहरी कार्यालय बैदाम, पोखराको नागरिक समाजको समेत सहभागितामा फेवातालमा मापदण्ड विपरित भौतिक संरचना निर्माण गर्दैै गरेको सूचनाको आधारमा महानगरले उक्त संरचना डोजर लगाएर पुनः भत्काएसंगै निर्माण सामाग्रि अन्र्तगत ढ्ुंगा, गिटी १६ टिप्पर जफत गरिएको महानगरका नगर प्रहरी नायव निरिक्षक पुरुषोत्तम थापाले बताए । टोलीले एउटा डोजर, ३ वटा टिप्पर मार्फत विहान करिब ८ः३० बजे दिउँसो देखि ३ः०० बजेसम्म उक्त निर्माण सामाग्रि उठाएको थियो ।

पहिलाको व्लू स्काई प्याराग्लाईडिङको अवतरण गर्ने स्थलमा हाल पानीको सतह घटेसंगै दीपेस श्रेष्ठ, मनोज श्रेष्ठ, प्रबेश शाक्य सहितको टोलीले व्यवसायीक प्रयोजनको लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अबस्थामा महानगरले डोजर लगाएर भत्काएको हो । नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले पोखराका धेरै ठाँउमा सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी गरे ।
यस बिषयमा सम्बन्धित व्यक्तिहरुलाई सोधपुृछ गर्दा उनीहरु वोल्न चाहेनन्। मापदण्ड विपरित निर्माण भएका भौतिक संरचनाको विवरण पेश गर्न आफुहरुले सम्बन्धित वडामा खबर गरेको महानगरका बरिष्ठ कानून अधिकृत नारायण शर्माले बताए । मापदण्ड विपरित जो कसैले निर्माण गरेको भौतिक संरचना भेटिएमा महानगरले भत्काउने र उक्त सामान समेत जफत गर्ने अधिकृत शर्माले बताए ।
फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले महानगरलाई नटेरेरी फेवाताल नजिक भौतिक संरचना निर्माण भएको दाबी गरे । फेवाताल सिमाङकनको काम हाल जारी रहेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्