Pokharapatra National Daily

बेमौसमको चुनाव कि कोरोना बिरुद्धको खोप आवश्यकता हो प्रदेश सांसद बरालको प्रश्न

गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल (जीवन) ले देशमा हाल कोरोना बिरुद्धको खोपको आवश्यकता कि बेमौसमको चुनाव आवश्यकता हो भनी प्रश्न गरेका छन् ।
नेकपा पोखरा २२ (पुम्दी भुम्दी) को आयोजनामा शनिबार पोखरा २२ मा आयोजना भएको प्रतिगमन बिरुद्ध बिरोध कार्यक्रममा सम्वोधन गर्दै नेकपा गण्डकी प्रदेशका सदस्य समेत रहेका सांसद बरालले अब जनताले कोरोना बिरुद्धको खोपको आवश्यकता कि बेमौसमको चुनाव आवश्यकता भनि प्रश्न गरेका हुन् । हुदा खादाको दुई तिहाई बहुमत भएको संसद विघटन गरी ३० औं अर्ब लाग्ने बेमौसमको चुनाव रोज्ने की कोरोनाबाट बच्न खोप रोज्ने अब जनताले यसमा निर्णय लिनु पर्ने समय आएको सांसद बरालले बताएका छन्। ५ बर्षसम्म संसद विघटनको कुनै अधिकार नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अनिर्णयको बन्दी बनाई देशमा अस्थिर निम्त्याउने गरी प्रतिगमनकारी कदम चालेकोले त्यसको बिरुद्ध अब जनता जाग्नु पर्ने समय आएको उनको भनाई थियो । प्रधानमन्त्री ओली पक्षधरहरुले शक्ताको दुरुपयोग हुने गरी जनतालाई सडकमा उतार्ने गरेको सांसद बरालको आरोप थियो । सर्वोच्च अदालतले नेपाली जनताको पक्षमा संसद पुनस्थापना गरी छाड्ने, नेपकपाको आधिकारीक पार्टी दाहाल नेपाल समुहमा ३ सय भन्दा बढी सदस्य रहेकोले उनीहरुले नै पाउने उनको जिकीर छ । न्यायलयले उचित न्याय दिलाउन नसके देशमा आगो बल्ने चेतावनी दिदै सांसद बरालले प्रधानमन्त्री ओली समेत नरहने दाबी गरे ।
नेकपा गण्डकी प्रदेशका सदस्य केशव पौडेलले प्रधानमन्त्री ओलीको कदमले जनता को इच्छा र चहानामा ठुलो तुसारापात भएको बताए । प्रधानमन्त्री ओलीको नेपालमा अब राजनीति गर्ने समय सिमा सकिने दिन नजिकीदै आएको उनको भनाई थियो । प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओली गुटले पार्टी भन्दा मदनभण्डारी फाउण्डेसनमा करोडौं लगानी गरी आफ्नो गुटको मात्र संरक्षण गर्दै आएको आरोप लगाए । प्रधानमन्त्री ओलीले श्री ६ हुने गरी सवैलाई जुक्कायर सत्तामा पुगेको उनले जनाए । नेकपा २२ का अध्यक्ष चण्डीका प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको बिरोध कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष मीत्रलाल बराल, अ.ने.मा. संघका केन्द्रिय सदस्य रत्ना कुमारी गुरुङ, नेकपाका नेता खडग हमाल, लिलाधर पौडेल, त्रिभुवन पौडेल, नवराज बराल, चित्रराज बराल, नेतृ अमृता पोख्रेल, पूर्व जि.वि.स. सदस्य, हिमलाल बराल लगायतले प्रतिगमन बिरुद्धको आन्दोलनमा सवैको साथ आवश्यक भएकोमा जोड दिएका थिए । कार्यक्रममा नेपाली कागेंस परित्याग गरी लालहरी बराल र साजन विक नेकपामा प्रबेस गरेको सदस्य सुन्दर बराल (धड्कन) ले जनाए ।

प्रतिकृया दिनुहोस्