Pokharapatra National Daily

विजय सहकारीको भवन उद्घाटन

विजय बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ कार्यालयको एक समारोहका बिच शुक्रबार पोखरा १३ पाटनबेशी घट्टेखोलामा कार्यक्रमका प्रमुख अतिथि, पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष दर्शन लामाले समुद्घाटन तथा शुभारम्भ गरे ।
सहकारीको कार्यालय उद्घाटन गर्दै वडानं नं १३ का वडा अध्यक्ष दर्शन लामाले सहकारी हरु पछिल्लो समय प्रतिस्पर्धात्मक रुपले कारोवारमा आयको भन्दै सहकारीहरुले सदस्य हरुको बिश्वास जित्दै अगाडी बढ्नु पर्ने बताए । कतिपय सहकारीका सञ्चालक हिजो रोडपति थिय तर आज चिल्ला गाडी चढ्ने करोड पति पनि भयका छन् , भन्दै उनले सहकारीको मुल मन्त्र नियम र सहकार्यलाई अस्तित्वमा राखेर सहकारी सञ्चालन गर्न सकेमा सबैको अपनत्व हुनेमा जोड दिए ।
अध्यक्ष लामाले सहकारीले आफ्ना सदस्यहरूलाई नयाँ नयाँ योजना ल्याई एकीकृत पुँजी मार्फत सन्तुष्ट बनाउने काम गर्नु पर्ने सुझाव दिए । उनले सहकारीको एउटै उद्देश्य भनेको छरियको सानो पुँजी लाई सदस्यहरुको सामुहिक बलमा एकिकृत गरी बचत र सामुहिक लगानी मार्फत सदस्यहरुको आर्थिक उत्थान मा खर्चिनु रहेको पनि बताए । सहकारीका अध्यक्ष ईन्द्रप्रसाद बरालको अध्यक्षतामा भयको उदघाट्न कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मुक्ति प्रसाद पौडेलले सहकारी संस्था स्थापना गर्दा र अहिले हेर्दा लामो समय पछि सहकारीले फड्को मार्न सफल भयकोमा खुशि ब्यक्त गरे । सहकारीका सञ्चालक युवा उद्यम भीम केसीले सहकारीको आर्थिक पाटोको अवस्था बारे जानकारी दिय।उनले सहकारी मा हाल ३सय ९४ जना शेयर सदस्य रहेको तथा सहकारीको चालु पुँजी करीब ४करोड रहेको जानकारी दिय । कार्यक्रममा शुभकामना मन्तब्य दिदै पत्रकार श्रीराम सिग्देल ले सहकारीहरुले आफ्नो आर्थिक कारोवार संगै सामाजिक उत्तरदायित्व पनी वहन गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
उद्घटन समारोहमा सहकारी का लेखा समिति संयोजक चिरञ्जिवी पौडेल, संस्थापक सदस्य शुक्रराज अधिकारी, रतन पाण्डे सहकारीका अध्यक्ष बसन्त शर्मा अधिकारी, आदर्श सहकारी का अध्यक्ष राजेन्द्र प्रसाद बराल, ज्योति महिला सहकारीकी अध्यक्ष नारायणी बराल, मिर्मिरे उर्जा सहकारी का सह सचिव पुकार गौतम, सफल युवा ब्यवसायिक रबि प्रसाद बराल, पाटनबेशी टोल बिकाश संस्था का अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी, घट्टेकुलो नमुना टोलका अध्यक्ष जगदिश बराल, चापडाँडा अमलाचौर टोलका अध्यक्ष हरी बहादुर बराल, गाईपानी उपल्लो गाउ टोलका अध्यक्ष बुद्दी प्रकाश बराल, उज्वल टोलका अध्यक्ष बुद्धि बराल, नव दुर्गा टोल का अध्यक्ष बामदेव बराल,अर्ध नागेश्वर टोल का अध्यक्ष टिकाराम बराल, सुर्योदय आमा समुहकी अध्यक्ष कोपिला बराल, दुधपोखरी आमा समुह की उपाध्यक्ष पार्वती देबी सापकोटा लगायतले शुभकामना मन्तव्य दियका थिए ।
कार्यक्रममा सहकारीलाई अनवरत सहयोग गरेको भन्दै पोखरा १३आर्वा कसेरी निवासी क्या.राम बहादुर बराल र उनकी धर्मपत्नी पदमा बराललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सहकारीकी कार्यसमिती सदस्य तारा देबी बरालले सहकारी का सात सिद्दान्त वाचन गरेको कार्यक्रममा उपाध्यक्ष बाबुराम सापकोटाले स्वागत र सचिब रामराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०६४ सालमा साविक आर्वा बिजय गाविस वडा नं ४ कसेरीमा स्थापना गरिएको सहकारीले झण्डै १३वर्ष पछी अन्य ठूला सहकारी संग प्रतिस्पर्धा गर्ने हेतुले शेयर सदस्य बृद्धी संगै पोखरा १३पाटनबेशी घट्टेखोलामा नयाँ कार्यालय सञ्चालन गरी ब्यवसायिक कारोवार थालेको अध्यक्ष ईन्द्रप्रसाद बराल ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्