Pokharapatra National Daily

लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छः नेता गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।
नेकपा प्रचण्ड–माधव समूह लमजुङले बुधबार बेंसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ भन्दै देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताएका हुन् । उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।”

प्रतिकृया दिनुहोस्